श्रीलंकाद्वारा इंग्ल्याण्डलाई मध्यम लक्ष्य, शतक बनाउन चुके धनञ्जय

काठमाडौं- एकदिवसीय सिरिजको दोस्रो खेलमा पाहुना टोली श्रीलंकाले इंग्ल्याण्डलाई २ सय ४२ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४१ रन बनायो ।

उसका लागि धनञ्जय डिसिल्भाले उत्कृष्ट ब्याटिङ गरे । उनले ९१ बलमा १३ चौकाको मद्दतमा ९१ रन बनाए ।
त्यस्तै, दसुन शनाकाले ४७, वानिन्दुु हसरंगाले २६, चमिका करुणारत्नेले २१, बिनुर फर्नान्डोले १७ र दुश्मन्था चामेराले अविजित १४ रनको योगदान दिए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा साम करनले करियरकै उत्कृष्ट बलिङ गरे । उनले आज १० ओभरमा ४८ रन दिएर पाँच विकेट हात पारे ।

यसअघि वानडेमा करनको उत्कृष्ट बलिङ ३ विकेट लिएर ३५ रन खर्चिनु थियो ।
त्यस्तै, आज डेभिड विलीले पनि चार विकेट हात पारे । तीन खेलको सिरिजमा इंग्ल्याण्डले १–० को अग्रता बनाएको छ ।

Loading...