नेपाली टिम पहिलो पटक ‘तास्मानिया क्रिकेट लिग’ ग्रेड ए को फाइनलमा

काठमाडौं- अष्ट्रेलियाको तास्मानियामा रहेको लन्चेस्टन नेपाली क्रिकेट क्लब ताज्मानिया क्रिकेट लिगको ‘ए’ ग्रेडको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको सेमिफाइनल खेलमा स्थानीय लंगफोर्ड क्रिकेट क्लबलाई ८ रनले हराउँदै नेपाली टिम पहिलोपटक फाइनलमा प्रवेश गरेको हो ।

यो नेपाली क्रिकेट टिम ताज्मानियन क्रिकेट लिग खेल्ने आप्रवासीहरूको इतिहासकै एक मात्र टोली हो ।

तीन वर्षदेखि लन्चेस्टनका स्थानीय मैदानमा क्रिकेट खेल्दै आएको नेपाली टिम विगतका वर्षहरुमा ग्रेड बी, ए रिजर्भका खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्दै हाल ग्रेड ‘ए’ को फाइनलमा पुगेको हो ।

ग्रेड ‘ए’ मा प्रतिस्पर्धा गरेका १४ वटा टिमहरूमध्ये प्रिलिमिनरी फाइनलमा पुगेपछि नेपाली टिमले तास्मानियन प्रिमियर लिग खेलका लागि आफ्नो बाटो खुला गरेको छ । ताज्मानियन प्रिमियर लिग ताज्मानियन क्रिकेटको इतिहासकै सबैभन्दा ठूलो प्रतिस्पर्धी खेल मानिन्छ ।

क्रिकेट खेलप्रति रुचि राख्ने लन्चेस्टनका केही नेपाली युवाले सन् २०१५ देखि स्थानीय मैदानमा मनोरञ्जनका लागि मात्र भनेर खेल्न सुरु गरेका थिए । स्रोत : अनलाइनखबर

Loading...