श्रीलंकाले तोड्यो भारतीय टीमको खराब कीर्तिमान

काठमाडौं- वानडे सिरिजअन्तर्गत इंग्ल्यान्ड र श्रीलंकाबीचको खेल चलिरहेको छ। तर, दोस्रो खेल जितेर इंग्ल्यान्डले सिरिज आफ्नो पोल्टामा पारिसकेको छ ।

इंग्ल्यान्डले दोस्रो खेल ८ विकेटले हात पार्न सफल भयो।

यो हारसँगै वानडे अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलंकाले खराब कीर्तिमान दर्ता गराएको छ। श्रीलंकाले वानडे अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै खेल गुमाउने कीर्तिमान आफ्नो नाममा बनाएको हो ।

यसअघि यो कीर्तिमान भारतीय टिमको नाममा थियो । तर, लगातार दुई खेल हारेको श्रीलंकाले यो मामलामा भारतलाई पछि पार्दै शीर्ष स्थानमा उक्लियो।

श्रीलंकाले इंग्ल्यान्डसँग ४२८ औं खेल खेल गुमायो। र, यसरी श्रीलंका वानडे क्रिकेटमा सबभन्दा बढी खेल गुमाउने देश बन्यो। श्रीलंका पछि भारतीय टीम दोस्रो स्थानमा छ।

भारतले अहिलेसम्म ४२७ वानडे अन्तर्राष्ट्रिय खेल हारेको छ।

त्यस्तै, तेस्रो नम्बरमा रहेको अर्को एशियाली टोली पाकिस्तान छ। पाकिस्तानले ४१४ वानडे अन्तर्राष्ट्रिय खेल हारेको छ।

वेस्ट इण्डिजको नाम चौथो नम्बरमा छ। क्यारेबियन टीमले ३८४ खेल मात्रै गुमाएको छ। यस्तो अवस्थामा वानडे अन्तर्राष्ट्रिय क्रिकेटमा एशियाली देशहरूको नाममा खराब रेकर्ड देखिन्छ।

सबैभन्दा बढी वानडे अन्तर्राष्ट्रिय खेल खेल्ने टोलीको बारेमा कुरा गर्ने हो भने यो रेकर्ड भारतको नाममा छ।

भारतले अहिलेसम्म ९९३ खेल खेलेको छ। अस्ट्रेलिया दोस्रो नम्बरमा छ।  अस्ट्रेलियाले ९५५ खेल खेलेको छ।

तर, कंगारु टीमले अहिलेसम्म ३३३ खेल मात्र गुमाएको छ।

तेस्रो नम्बरमा सबैभन्दा बढी वानडे खेल खेल्ने टोली पाकिस्तान हो। यसले ९३३ खेल खेल्यो। जसमध्ये ४१४ खेलमा हार व्यहोरेको छ। श्रीलंकाले ८६० खेल खेलेको छ भने ४२८ खेल गुमाएको छ।

सबैभन्दा धेरै वानडे खेल हारेका टोली 

४२८ खेल : श्रीलंका

४२७ खेल : भारत

४१४ खेल : पाकिस्तान

३८४ खेल : वेस्ट इण्डिज

३७५ खेल : जिम्बावे

Loading...