‘म कप्तान भएको भए यी तीन खेलाडीलाई दुई/तीन थप्पड हानिसकेको हुन्थे’

काठमाडौं- श्रीलंकालाई विश्वकप जिताएका पूर्वकप्तान अर्जुन रणतुंगाले इंग्ल्यान्ड टुरमा बायो-बबल तोडेका खेलाडीबारे आफ्नो प्रतिक्रिया दिएका छन्।

उनले अहिले आफू श्रीलंका टीमको कप्तान भएको भए बायो-बबल तोडेका खेलाडीलाई ‘दुईरतीन पटक थ’प्पड हानिसकेको हुन्थे’ भनेर आफ्नो प्रतिक्रिया दिएका हुन् ।

रणतुंगाको नेतृत्वमा श्रीलंकाले विश्वकप समेत जितेको थियो। इंग्ल्यान्ड भ्रमणमा रहेको श्रीलंका टोलीमा रहेका तीन चर्चित खेलाडी निरोशन डिकवेला, कुसल मेन्डिस र दनुष्का गुणालिकाले बायो-बबल प्रोटोकल उल्घंन गरेका थिए।

उनीहरू एक रात बाहिर गएका थिए। यति मात्र होइन डिकवेला र मेन्डिसको भिडियो पनि सार्वजनिक भएको छ। जसमा उनीहरूले चुरोट पिउन खोजिरहेका छन्।

एक पत्रिकासँगको कुराकानीमा रणतुंगाले भने, ‘म खेलाडीलाई सामाजिक मिडिया प्रयोग गर्न अनुमति दिँदैन। यी खेलाडीले क्रिकेट खेल्नबाहेक फेसबुक र इन्स्टाग्रामसहित सबै प्रयोग गर्दछन्। क्रिकेट प्रशासनले यसको बारेमा केही गरिरहेको थिएन। यी खेलाडीहरू मात्र प्रचार गर्न चाहन्छन्। म त्यहाँ भएको भए यी खेलाडीलाई सायद दुई/तीन पटक थप्पड लगाइसकेको हुन्थे।’

तीनै खेलाडी नि’लम्बित

यस घटनापछि श्रीलंका क्रिकेटले तीनै खेलाडीलाई एक वर्षको लागि क्रिकेटबाट नि’लम्बित गरेको छ।

यी सबै खेलाडीहरू वर्षौंपछि इकानोमी क्लासमा यात्रा गरेर श्रीलंका फर्केका छन्। र, अब १४ दिनसम्म क्वारनटाइनमा रहनेछन्।

तर, बोर्डले यी खेलाडीहरूलाई एक वर्षको लागि क्रिकेटबाट निल’म्बित गरि दिएको छ। श्रीलंका हाल इंग्ल्यान्ड भ्रमणमा रहेको छ।

टी-२० सिरिज ३-० गुमाएको श्रीलंकाले वानडे श्रृंखला खेलिरहेको छ।

Loading...