श्रीलंकाका पूर्वकप्तानको गुनासो : भारतले ‘बी’ टिम पठाएर हाम्रो अपमान गर्‍यो

काठमाडौं : श्रीलंका पूर्वकप्तान अर्जुन रणतुंगाले भारतकमे श्रीलंका भ्रमणप्रति प्रतिक्रिया दिएका छन्।

उनले भारतले आफ्नो दोस्रो श्रेणीको टीम श्रीलंका भ्रमणमा पठाएर श्रीलंका क्रिकेटको अपमान गरेको बताएका हुन्।

भारतको मुख्य टीम हाल इंग्ल्यान्ड भ्रमणमा छ। नयाँ खेलाडीहरूको टोली श्रीलंका  पठाइएकोमा रणतुंगा भने खुसी छैनन्।

श्रीलंका भ्रमणका लागि बीसीसीआईले शिखर धवनलाई कप्तान र भुवनेश्वर कुमारलाई उपकप्तान बनाएको छ ।

यस यात्राको लागि पूर्णरूपमा भिन्न भारतीय टीम चयन गरिएको छ। टिममा कृष्णप्पा गौतम, चेतन सकरिया, देवदत्त पाडिक्कल, ऋतुराज गायकवाड र नीतीश राणा जस्ता नयाँ खेलाडीलाई समावेश गरिएको छ।

‘कमजोर टोली पठाएर श्रीलंकाको अपमान’

रणतुंगाले श्रीलंका क्रिकेट बोर्डलाई निशाना बनाउँदै उनले श्रीलंकाले भारतसँग  यो श्रृंखला खेल्न नहुने बताए।

आफ्नो निवासमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ‘भारतको दोस्रो श्रेणीको टोली यहाँ आउनु हाम्रो क्रिकेटको अपमान हो। यसको लागि म वर्तमान प्रशासनलाई दोष दिन्छु। उनीहरूले टेलिभिजन मार्केटिङका कारण यो श्रृंखला खेल्ने निर्णय गरे। यहाँ खेल्नको लागि एउटा कमजोर टोली पठाइएको छ। म यसको लागि मेरो बोर्डलाई जिम्मेवार ठान्छु।’

यसभन्दा अघि उनले  इंग्ल्यान्ड टुरमा बायो-बबल तोडेका खेलाडीको बारेमा पनि प्रश्न उठाएका थिए।

उनले अहिले आफू श्रीलंका टोलीका कप्तान भएको भए बायो-बबल तोडेका खेलाडीलाई दई/तीन थप्पड हानिसकेको हुने बताएका थिए।

भारत र श्रीलंकाबीचको सिरिज १३ जुलाईदेखि सुरु हुँदैछ । यी दुई टोलीले तीनतीन खेलको वानडे र टी-२० सिरिज खेल्नेछन् ।

Loading...