यी तीन भारतीय युवा खेलाडी : जो श्रीलंकाविरुद्ध डेब्यू गर्न सक्छन्

काठमाडौं- भारतको मुख्य टीम इंग्ल्यान्डमा रहेका कारण श्रीलंकाविरुद्ध चयन गरिएको दोस्रो टीमका सबै खेलाडीहरू श्रीलंका पुगेका छन्।

टीम इण्डियाले यस टुरमा तीन वानडे र तीन टी-२० खेल खेल्नुपर्नेछ। शिखर धवनलाई भारतको नयाँ टीमको कप्तान र तीव्र गतिका बलर भुवनेश्वर कुमारलाई उप-कप्तान बनाइएको छ।

यसबाहेक प्रशिक्षकको रूपमा राहुल द्रविड पनि टोलीसँगै छन्।  

टोलीमा नयाँ खेलाडी/पुराना खेलाडी छन्। यो यात्रा लगभग सबै खेलाडीहरूको लागि महत्त्वपूर्ण हुनेछ।  भारतले टी-२० विश्वकप अगाडि केवल तीन टी-२० खेल खेल्नेछ।

र, यो श्रृंखला धेरै युवा खेलाडीका लागि आफ्नो दाबी पेस गर्न अझ महत्त्वपूर्ण हुनेछ। श्रीलंका भ्रमणको लागि चयन गरिएको टीममा धेरै युवा खेलाडी छन्।

आज हामी त्यस्ता तीन खेलाडीको बारेमा जानकारी दिदैँछौं, जसले श्रीलंकाविरुद्ध पहिलो पटक भारतीय टीममा डेब्यू गर्दैछन् :

देवदत्त पाडीक्कल

देवदत्त पाडीक्कल हालको घरेलु क्रिकेटका उदीयमान खेलाडी हुन्। उनले जबरजस्ती ब्याटिङ गर्दै कर्नाटकका लागि धेरै रन बनाएका छन्।

र, आईपीएलमा आरसीबीको लागि पनि राम्रो प्रदर्शन गर्दै आएका छन्। उनले आईपीएल २०२० मा ४७३ रन बनाए र आफ्नो टीमको सबैभन्दा सफल ब्याट्सम्यान बने। 

यस बाहेक उनले विजय हजारे ट्रफीको यस सत्रमा चार शतक र्हिकाएका थिए। सबैभन्दा बढी रन बनाउने क्रममा उनी पृथ्वी शा भन्दा पछाडि थिए।

आईपीएल २०२१ मा पनि उनले एक शतक बनाए। यस्तो अवस्थामा कप्तान शिखर धवनले पाडीक्कललाई पक्कै वानडे श्रृंखला वा टी–२० श्रृंखलामा डेब्यू गर्न मौका दिन सक्छन्।

वरुण चक्रवर्ती

वरुण चक्रवर्ती अभागी खेलाडीहरू मध्ये एक हुन्। उनी आफ्नो करियरमा डेब्यू नजिक भएर पनि डेब्यू गर्न सकेका छैनन्।

चक्रवर्तीले यस अघि दुई पटक भारतीय टीममा मौका पाए पनि फिटनेसका कारण उनी असफल भए।

यद्यपि चक्रवर्ती अहिले पूर्ण रूपमा फिट छन र टी–ट्वान्टी विश्वकपको लागि आफ्नो दाबी गर्न श्रीलंका भ्रमणमा राम्रो प्रदर्शन गर्ने छन्।

आईपीएल २०२० मा केकेआरका लागि मुख्य स्पिनरको भूमिका खेल्दा चक्रवर्तीले १७ विकेट लिए। चक्रवर्तीसँग शीर्ष ब्याट्सम्यानविरुद्ध बलिङको अनुभव छ। र, श्रीलंकाविरुद्ध डेब्यू गर्न सक्छन्।

चेतन सकारिया

घरेलु क्रिकेटमा सीमित ओभर ढाँचामा राम्रो प्रदर्शन गरेपछि चेतन साकरियाले आईपीएलमा डेब्यू खेलमै शानदार प्रदर्शन गरेर सबैलाई प्रभावित गरे।

यस कारणले भारतीय चयनकर्ताहरूले पनि युवा बायाँ–फास्ट बलरमा विश्वास देखाए। र, उनलाई श्रीलंका भ्रमणका लागि चयन गरे।

सकरियाले आइपीएलमा शीर्ष स्थानका ब्याट्सम्यालनाई बोल्ड गरेर विकेट लिए। सकरिया टीममा एक मात्र बाँया हाते तीव्र गतिका बलर हुन्।

यस तथ्यले उनको डेब्यू गर्ने आशालाई थप बल दिइरहेको छ।

Loading...