सन्दीपको नाम LPL को ड्राफ्टमा, अन्य कस-कसको नाम समावेश? (सूचीसहित)

काठमाडौं । आउँदो सिजनको लंका प्रिमियर लिग (एलपीएल)का लागि ड्राफ्टमा भाग लिने विदेशी खेलाडीको सूची सार्वजनिक गरिएको छ ।

सार्वजनिक सूचीमा ११ देशका खेलाडीले नाम दर्ता गराएका छन् ।

नेपालबाट ड्राफ्टमा सन्दीप लामिछानेको नाम मात्र समावेश छ । नेपालबाट गत सिजनमा सन्दीप र सुनम गौतमले ड्राफ्टमा नाम दिएका थिए । तर, दुवैलाई कुनै टोलीले टिममा अनुबन्ध गरेका थिएनन् ।

ड्राफ्टमा दक्षिण अफ्रिका, वेष्ट इण्डिज र अफगानिस्तानका ९/९ खेलाडीले ड्राफ्टमा नाम दताए गराएका छन् ।

त्यस्तै, पाकिस्तानका ८, अष्ट्रेलियाका ५, बंगलादेशका सात, भारतका दुई, न्यूजिल्याण्ड, नेपाल, जिम्बाब्वे र अमेरिकाका एक/एक खेलाडीले पनि ड्राफ्टमा नाम दर्ता गराएका छन् ।

दोस्रो सिजनको एलपीएल ३० जुुलाईदेखि सुरु हुने तालिका छ ।

ड्राफ्टमा नाम दर्ता गर्ने खेलाडी :

वेष्ट इण्डिज : शेर्फेन रदरफोर्ड, नोकलस पूरन, शेल्डन कोटरेल, रियाद इमृत, रवि रामपल, ड्वेन स्मिथ, दिनेश रामदिन, जोनसन चार्ल्स र रोभम्यान पावेल ।

पाकिस्तान : हरिस सोहेल, वकास मकसूद, मुहम्मद हसनैन, मोहम्मद इरफान, शोएब मकसूद, शान मसूद, अनवर अली र अम्माद बट ।

बंगलादेश : शाकिबउल हसन, तमीम इकबाल, मेहदी हसन मिराज, तस्किन अहमद, मोहम्मदुल्लाह, लिटन दास र सौम्य सरकार ।

अष्ट्रेलिया : उस्मान ख्वाजा, बेन कटिङ, जेम्स फाल्कनर, बेन डंक र कलुम फर्ग्युसन ।

दक्षिण अफ्रिका : टेम्बा बावुमा, रिले रोसउ, डेभिड विसे, जोन जोन स्मट्स, मोर्ने मोर्केल, रस्सीभ्यान डर दुसेन, केशव महाराज, तरबीज शम्सी र हार्दस भिल्जोइन ।

अफगानिस्तान : असगर अफगान, मोहम्मद शहजाद, नजीबुल्लाह जदरान, नवीन उल हक, उस्मान शिन्वारी, रहमानुल्लाह गुर्बाज, हजरतुल्ला जजाई, नवीन-उल-हक र क्वाइस अहमद ।

भारत : इरफान पठान र युसूफ पठान ।

जिम्बाब्वे : ब्रेण्डज टेलर ।

न्यूजिल्याण्ड : मिचेल म्याघ्लेनघन

नेपाल : सन्दीप लामिछाने

अमेरिका : अलि खान

Loading...