वेष्ट इण्डिजका दुई क्रिकेटर अचानक मैदानमै ढले

काठमाडौं- वेष्ट इण्डिज महिला क्रिकेट टोलीले घरेलु मैदानमा पाकिस्तानविरुद्ध टी-२० श्रृंखला खेलिरहेको छ ।

सिरिजको दोस्रो खेलका क्रममा वेष्ट इण्डिज टोलीका दुई खेलाडी फिल्डिङका क्रममा अचानक मैदानमै ढलेका छन् ।

उनीहरू १० मिनेटको अन्तरमा मैदानमा ढलेका हुन् ।

मैदानमै ढलेपछि उनीहरूलाई तत्काल अस्पताल भर्ना गरिएको छ । मैदानमै ढल्ने खेलाडीमा चिनेल हेनरी र चेडीन नेशन रहेका छन् ।

उनीहरूलाई स्ट्रेचरमा बोकेर मैदानबाट बाहिर पठाइएको थियो । तत्काल हेनरी र नेशनलाई एम्बुलेन्समार्फत् अस्पताल भर्ना गरियो ।

उनीहरूको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको छ ।

‘अहिले चिनेल हेनरी र चेडीन नेशनको उपचार जारी छ । दुवै खेलाडी होसमा आइसकेका छन्,’ क्रिकेट वेष्ट इण्डिजले भनेको छ ।

दुई खेलाडी मैदानमै ढलेको खेलमा वेष्ट इण्डिजले पाकिस्तानलाई डकवर्थ लुईसका आधारमा ७ रनले हरायो ।

गएराति भएको यो खेलमा हेनरीले एक र नेशनले ३३ बलमा २८ रन बनाएकी थिइन् ।

Loading...