टी-२० विश्वकप नखेल्न सक्छन् स्मिथ, यस्तो छ कारण

काठमाडौं- स्टिभ स्मिथ अष्ट्रेलिया टिमका महत्वपूर्ण ब्याट्सम्यान हुन् । उनी अहिले घरमै आराम गरिरहेका छन् ।

चोटका कारण उनी घरमै आराम गरिरहेका हुन् ।

स्थिमको चोट आईसीसी टी-२० विश्वकपसम्म निको होस् भनेर उनका समर्थक शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

अष्ट्रेलियाका लागि उनले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। तर, नजिकै आउँदै गरेको टी-२० विश्वकपमा भने उनी टोलीमा समावेश नहुन सक्छन्।

किनकी उनी घाइते छन्। उनी पूर्णरूपमा फिट हुन समय लाग्ने विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

स्मिथ एउटा कुहिनोको चोटसँग लडिरहेका छन्।

जसकारण उनी वेस्ट इण्डिज र बंगलादेशको भ्रमणका लागि पनि टोली बाहिर छन् ।

आफ्नो योजनाको बारेमा कुरा गर्दै स्मिथले टी-२० विश्वकपमा भाग लिने सम्भावनालाई अस्वीकार गरेनन्।

तर, उनले चोटबाट मुक्त हुन अन्तर्राष्ट्रिय खेल गुमाउन सक्ने बताए।

टी-२० विश्वकप आउन अझै समय रहेकोले उति बेलासम्म आफू खेल्न फिट हुन सक्ने उनले बताए ।

‘म अहिले सही मार्गमा गइरहेको छु। मलाई राम्रो हुँदै गइरहेको छ। म विश्वकपको हिस्सा बन्न चाहन्छु। तर, टेष्ट क्रिकेट नै मेरो मुख्य लक्ष्य हो। एशेज सिरिजमा उत्कृष्ट प्रदर्शनका लागि म अहिलेदेखि नै तयारी गरिरहेको छु,’ उनले भने, ‘एशेज सिरिजका लागि म पूर्णरूपमा फिट रहन चाहन्छु ।’

स्मिथले एशेज सिरिजका लागि पूर्णरूपमा फिट हुनका लागि पनि विश्वकप छोड्न सक्ने संकेत गरेका छन् ।

दोस्रो संस्करणको आईसीसी विश्व टेस्ट च्याम्पियनसिप २०२१-२३ सुरु हुने भएको छ । टेस्ट च्याम्पियनसिप दोस्रो संस्करण २०२१ अगष्ट देखि २०२३ जुनसम्म चल्ने छ ।

भारत र इंग्ल्यान्डबीचको पछि डिसेम्बरमा अष्ट्रेलिया र इंग्ल्यान्डबीचको एशेज सिरिज पाँच टेष्टको हुनेछ ।

Loading...