टी-२० ब्लास्टमा एकैदिन तीन बलरले लिए ‘ह्याट्रिक’

काठमाडौं । इंग्ल्याण्डमा जारी टी-२० ब्लास्टमा एकदिनै तीन बलरले ह्याट्रिक विकेट लिएका छन् ।

योर्कशायरका लकी फर्ग्युसन, केन्टका एडम मिल्ने र समरसेटका ब्लेक कुलेनले ह्याट्रिक लिएका हुन् । उनीहरूले गएराति भएको खेलमा यो उपलब्धि हासिल गरे ।

File Photo

योर्कशायरका बलर फर्ग्युसनले चार ओभरमा २४ रन दिएर ह्याट्रिकसहित कुल चार विकेट लिए । उनले चौथो बलमा लुक वेल्सको विकेट लिए। जसको क्याच एडम लेथले गरे।

फर्ग्युसनले त्यसपछि पाँचौ बलमा लुक वुडलाई आउट गरे। उनले वुडलाई स्टम्प आउट गरे।

अब उनी ह्याट्रिक नजिक थिए। र, उनले छैटौं बलमा टोम हार्टलेलाई आउट गरेर ह्याट्रिक पूरा गरे। यस पटक पनि एडम लेथले क्याच समाते।

File Photo

फर्ग्युसनबाहेक यही दिनमा न्यूजिल्यान्डका अर्का बलर एडम मिल्नेले पनि ह्याट्रिक विकेट लिए।

केन्टबाट प्रतियोगिता खेलिरहेका उनले अन्तिम ओभरमा ह्याट्रिक विकेट लिएका हुन् । मिल्नेले चार ओभरमा ह्यट्रिकसहित कुल चार विकेट लिए ।

File Photo

त्यस्तै, समरसेटका बलर ब्लेक कुलेनले पनि चार ओभरमा ३२ रन दिएर ह्याट्रिकसहित कुल ४ विकेट लिन सफल भए । उनले मिडिलसेक्सविरुद्ध यो उपलब्धि हासिल गरेका हुन् ।

ह्याट्रिक लिने यी तीनै बलरका टिमले जित हासिल गरे ।

Loading...