नेपालविरुद्ध खेलिसकेका छन् बाबरसहित पाकिस्तानका ११ चर्चित खेलाडी

काठमाडौं- सन् २०१५ मा नेपालले यूएई भ्रमण गरेको थियो । त्यसक्रममा नेपालले पाकिस्तानसँग पनि खेल्ने मौका पाएको थियो ।

२०१५ मा पाकिस्तान विदेशी भूमिमा म्याच खेल्ने गर्दथ्यो । पाकिस्तानले आफ्नो टिमलाई पाकिस्तान-११ भनेर नाम दिएको थियो ।

यद्यपि यो टिममा अहिलेका सबै चर्चित क्रिकेटर थिए ।

यसैबीच, आज सो भ्रमणका क्रममा नेपालविरुद्ध खेलेका पाकिस्तानका ११ खेलाडीको चर्चा गर्देछौँ :

अजहर अली अहिले पनि पाकिस्तान टिमबाट अन्तर्राष्ट्रिय म्याच खेलिरहेका छन् । उनी पाकिस्तान टेष्ट टिमका पूर्वकप्तान पनि हुन् ।

File Photo

अलीले वानडे र टी-२० भन्दा टेष्ट क्रिकेट बढी खेलिरहेका छन् । नेपालसँगको सो खेलमा उनले ७३ बलमा ७३ रन बनाएका थिए ।

नेपालसँगको सो टूर म्याचमा अहमद शेहजादले पनि खेलेका थिए । उनले पाकिस्तानका लागि ८१ वनडे, ५९ टी-२० र १३ टेष्ट खेलिसकेका छन् । शेहजादले नेपालविरुद्ध ४२ बलमा ३५ रन बनाएका थिए ।

मोहम्मद अफीजले पनि सो खेलमा नेपालविरुद्ध खेलेका थिए । उनी अहिले पनि पाकिस्तान टिममा महत्वपूर्ण सदस्य हुन् । अफीजले नेपालविरुद्ध ५५ बलमा ४५ रन बनाएका थिए ।

सो खेलमा नेपालविरुद्ध यूनिस खानले पनि खेलेका थिए ।

पाकिस्तानका लागि २६५ वानडे, ११८ टेष्ट र २५ टी-२० खेलका उनले नेपालसँगको सो वानडे म्याचमा ३८ रन बनाएका थिए ।

सोयब मलिक पाकिस्तान टिमका चर्चित खेलाडी हुन् । उनले पनि २०१५ मा भएको यूएई टूरमा नेपालविरुद्ध खेलेका थिए । सो खेलमा मलिकले ४९ बलमा ६३ रन बनाएका थिए ।

वर्तमान पाकिस्तान टिमका कप्तान बाबर आजमले पनि नेपालविरुद्ध खेलिसकेका छन् । उनले पनि सोही टूर खेलमा २९ बलमा अविजित ४३ रनको पारी खेलेका थिए ।

त्यस्तै, सो म्याचमा पूर्वकप्तान तथा विकेटकीपर सरफराज अहमद, अनवर अलि, वाहब रियाज, मोहम्मद इरफान र यासीर साहले पनि नेपालविरुद्ध खेलेका थिए ।

सो खेलमा पाकिस्तानले पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय २६ रन बनाएको थियो । बलिङमा बसन्त रेग्मीले दुई, पारस खड्का र सागर पुनले एक/एक विकेट लिएका थिए ।

सो लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २ सय ५ रन बनाएको थियो ।

नेपालका लागि अनिल मण्डलले ६१, सुवास खकुरेलले २६, सागर पुनले ३९, ज्ञानेन्द्र मल्लले ४१, कप्तान पारस खड्काले १३, शरद भेषवाकरले अविजित १४ र महबुब आलमले एक रन बनाएका थिए ।

बलिङमा अनवर अलिले दुई, यासीर साह, वाहब रियाज र अहमद शेहजादले एक/एक विकेट लिएका थिए ।

सो खेलमा पाकिस्तानविरुद्ध नेपाल १२१ रनले पराजित भएको थियो ।

Loading...