अमेरिका चम्किँदै पृथु र बसन्त, उत्कृष्ट प्रदर्शन गर्दै दिलाए अर्को शानदार जित

काठमाडौं- अमेरिकामा जारी एलएल ओपन २०२१ च्याम्पियनसिप टी-२० प्रतियोगितामा नेपाली राइनोज अल स्टार्सले लगातार तेस्रो जित हासिल गरेको छ ।

आज भएको खेलमा पीभी हरिकेन्सलाई ४८ रनले हराउँदै लगातार राइनोजले तेस्रो जित हासिल गरेको हो ।

योसँगै नेपाली राइनोजको क्वार्टरफाइनल यात्रा पक्का भएको छ ।

नेपाली राइनोजले दिएको १६८ रनको लक्ष्य पछ्याउने क्रममा पीभी हरिकेन्सले १७.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर ११९ रन मात्र बनाउन सक्यो ।

उसका लागि सक्लेन हैदरले सर्वाधिक ६१ रन बनाए । बलिङमा बसन्त रेग्मीले सर्वाधिक ३ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपाली राइनोजले २० ओभरमा ३ विकेट गुमाएर १६७ रन बनायो ।

उसका लागि कप्तान पृथु बास्कोटाले उत्कृष्ट पारी खेले ।

उनले ५६ बलमा ७ चौका र ३ छक्कासहित अविजित ७८ रन बनाए ।

Loading...