१६६ रनमै समेटियो श्रीलंका, टमको उत्कृष्ट बलिङ

काठमाडौं- एकदिवसीय सिरिजको अन्तिम खेलमा घरेलु टोली इंग्ल्याण्डले १ सय ६७ रनको लक्ष्य पाएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको श्रीलंकाले ४१.१ ओभरमा सवै विकेट गुमाएर १ सय ६६ रन बनायो ।

उसका लागि दासुन शनाकाले अविजित ४८, वानिन्दु हसरंगाले २०, ओशादा फर्नान्डोले १८, दुश्मन्था चामेराले १६, अविष्का फर्नान्डोल १४ र चमिका करुणारत्नेले ११ रन बनाए ।

बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन ।

बलिङमा टम करनले उत्कुष्ट बलि गरे । उनले १० ओभरमा ३५ रन खर्चिएर ४ विकेट हात पारे ।

त्यस्तै, क्रिस वोक्स-डेभिड विलीले दुई/दुई र आदिल राशिदले एक विकेट हात पारे ।

तीन म्याचको एकदिवसीय सिरिज इंग्ल्याण्डले दुई-एक ले आफ्नो नाम गरिसकेको छ । यदि आज यो म्याचपनि जितेमा इंग्ल्याण्डले सिरिज क्लिन स्विप गर्नेछ ।

Loading...