पृथुको कप्तानीको नेपाली राइनोज क्वार्टरफाइनलमा, यस्तो रह्यो चौथो खेलमा प्रदर्शन

काठमाडौं- अमेरिकामा भइरहेको एलए ओपन च्याम्पियनसिप २०२१ टी-२० प्रतियोगिताअन्तर्गत आफ्नो चौथो खेलमा नेपाली राइनोज अल स्टार्स १० विकेटले विजयी भएको छ ।

गएराति भएको चौथो खेलमा नेपाली राइनोज अरिजोना सन्स क्लबविरुद्ध १० विकेटले विजयी भएको हो ।

योसँगै नेपाली राइनोजले समूह ‘सी’ को विजेताको रूपमा क्वार्टरफाइनल स्थान बनाएको छ ।

चौथो खेलमा ४८ रनको लक्ष्य पछ्याएको राइनोजले ३.४ ओभरमा पूरा गर्‍यो । उसका लागि ओपनरद्वय समित पटेलले ३५ र रवीन्द्र सिंहले अविजित १० रन बनाए ।

File Photo

त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको अरिजोना सन्सले १२.४ ओभरमा सबै विकेट गुमाएर ४७ रन मात्र बनाउन सक्यो ।

उसका लागि कुनै पनि ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।

बलिङमा स्पिनर बिपुल शर्माले सर्वाधिक ४ विकेट लिए । उनले २ ओभर बलिङ गर्दा १ मेडन दिएर २ रन खर्चिदा ४ विकेट लिएका हुन् ।

त्यस्तै, जोश दासकोम्बे र तिमिल पटेलले दुई/दुई तथा अब्दुल्लाह घाजी र रोहन पोसनीपल्लीले एक/एक विकेत हात पारे ।

चौथो खेलमा राइनोजमा आवद्ध नेपाली स्पिनर बसन्त रेग्मीलाई विश्राम दिइएको थियो । नेपाली राइनोजले आजै क्वार्टरफाइनल म्याच खेल्ने छ ।

Loading...