सेमिफाइनल पुग्न चुक्यो नेपाली राइनोज अल स्टार्स, यस्तो रह्यो बसन्त र पृथुको प्रदर्शन

काठमाडौं- ‘नेपाली राइनोज अल स्टार्स’लाई हराउँदै ‘नेपाली राइनोज’ अमेरिकामा जारी एलए ओपन च्याम्पियनसिप टी-२० प्रतियोगितामाको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पृथु बास्कोटा र बसन्त रेग्मी रहेको ‘नेपाली राइनोज अल स्टार्स’लाई क्वार्टरफाइनलमा ६ विकेटले हराउँदै अर्को नेपाली क्लब ‘नेपाली राइनोज’ सेमिफाइनल प्रवेश गरेको हो ।

आज बिहान भएको खेलमा यूएईका क्रिकेटर रोहन मुस्तफा नेतृत्वको ‘नेपाली राइनोज’ सेमिफाइनलमा पुग्न सफल भयो ।

नेपाली राइनोज अल स्टार्सले दिएको ११३ रनको लक्ष्य मुस्तफाले कपतनी गरेको टोली १८.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि सुजित गोडाले अविजित ६१, रोहन मुस्तफाले २४, गुडकेश मोतिले १८ र आन्द्रे म्याकार्थीले १० रन बनाए ।

File Photo

बलिङमा बिपुल शर्माले तीन र रवीइन्दर सिंहले एक विकेट लिए ।

बसन्त रेग्मी भने विकेटविहीन रहे । उनले ४ ओभर बलिङ गर्दा बिनाविकेट २५ रन खर्चिए ।

जारी प्रतियोगितामा उनी विकेटविहीन भएको पहिलो म्याच हो । बसन्तले प्रतियोगितामा ४ खेलमा ६ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपाली राइनोज अल स्टार्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११२ रन बनायो ।

उसका लागि रवीइन्दर सिंहले ३०, तिमिल पटेलले २० रन, नईम योङले १९ र बिपुल शर्माले १० रन बनाए ।

कप्तान पृथु बास्कोटाले भने ९ बलमा ६ रन मात्र बनाउन सके । उनले प्रतियोगितामा ५ खेल खेल्दा १ अर्धशतकको मद्दतमा ११६ रन बनाए ।

बलिङमा गुडकेश मोतिले तीन, जेसी सिंहले दुई र कार्तिक गट्टेपालिले एक विकेट हात पारे ।

Loading...