भारतीय टिमको कप्तान बन्न सक्ने ३ दावेदार क्रिकेटर

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट टेस्ट क्रिकेटबाट सुरू भयो र धेरै वर्षपछि ओडीआई क्रिकेट सुरु भयो । भारतीय टीमले एकदिवसीय डेब्यू गरेपछि समयसँगसँगै राम्रो प्रदर्शन गर्‍यो ।

एकदिवसीय क्रिकेटमा सामेल भएपछि भारतले विश्वकप जित्यो। कपिल देव, त्यो बेला भारतीय टीमका कप्तान थिए । यसको बावजुद टीमले धेरै अवसरमा द्विपक्षीय र आईसीसी प्रतियोगितामा राम्रो प्रदर्शन गर्‍यो ।

भारतीय क्रिकेट टीमको यो प्रदर्शन राम्रो कप्तानको कारण पनि सम्भव भएको थियो । कप्तान टीमको प्रमुख हो । कप्तानले टीमका अन्य खेलाडीहरूमा जोस र उत्साह दिने काम गर्दछन् । सौरभ गांगुली, महेन्द्रसिंह धोनी र विराट कोहली एक महान कप्तानको उदाहरण मान्न सकिन्छ ।

आउँदै गरेको समयमा अर्को खेलाडीलाई भारतीय टिमको स्थानमा ओडीआई वा टी २० टिमको कप्तानी सुम्पिएमा छक्क पर्नुपर्दैन । किनकि भारतीय क्रिकेट टीममा धेरै सक्षम खेलाडीहरू छन् जो आउँदै गरेको समयमा सीमित ओभर टीमको कप्तान बन्ने क्षमता राख्छन् ।

आईपीएलमा पनि युवा खेलाडीहरूले राम्रो नेतृत्व गरेका छन् । यसमा हामीले तीन भारतीय खेलाडीहरूको चर्चा गरेका छौं । जो आउँदो समयमा भारत क्रिकेट टीमको कप्तान बन्न सक्छन् ।

श्रेयस अय्यर : श्रेयस अय्यर एक प्रतिभाशाली खेलाडी हो। २६ वर्षीय अय्यरले आईपीएलमा दिल्ली क्यापिटलको नेतृत्व गर्छन् । मध्यक्रममा उनको उत्कृष्ट ब्याटिङ गर्ने गर्दछन् । भारतका लागि राम्रो प्रदर्शन गर्दै पनि आइरहेका छन् ।

उनले दिल्लीका लागि उत्कृष्ट कप्तानीको भूमिका निभाइरहेका छन् । हालसम्म उनले अन्तर्राष्ट्रिय क्रिकेटमा २१ एकदिवसीय र २४ टी-२० खेल खेलेका छन् । उनीसँग आउने समयमा भारतीय टीमको कप्तान बन्ने क्षमता छ ।

भारतीय टीममा नियमित स्थान बनाउन सके र राम्रो प्रदर्शन गरे भविष्यमा भारतीय टीमको कप्तान बन्न सक्छन्।

केएल राहुल : अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो प्रभाव छोड्न सफल खेलाडी हुन्, केएल राहुल । उनले पनि पछिल्लो समय आफ्नो टोलीका लागि प्रदर्शन गरिरहेका छन् ।

उनी आईपीएलमा किग्स इलेवन पंजाबको कप्तानको भूमिकामा छन् । तीनै फरम्याटको क्रिकेट खेल्ने २८ वर्षे राहुलसँग कप्तान बन्ने सबै गुणहरू छन् ।

उनले ३५ एकदिवसीय, ४५ टी-२० र ३६ टेस्ट खेलेका छन् । उनको सीमित ओभर क्रिकेटमा त्यति अवसर छैन । राहुल ती भारतीय खेलाडी हुन्, जसले तीनै फरम्याटको क्रिकेटमा शतक बनाएका छन् । उनीसँग टीम इण्डियाका कप्तान बन्ने क्षमता छ ।

हार्दिक पाण्ड्या : विश्व क्रिकेटका एक उत्कृष्ट अलराउन्डर हुन् हार्दिक पाण्ड्या । उनले अहिलेसम्म अन्तर्राष्ट्रिय क्रिकेटमा ५७ एकदिवसीय, ४३ टी-२० र ११ टेस्ट खेलेका छन् ।

आईपीएलमा उनको प्रदर्शन मुम्बई इन्डियन्सको लागि उत्कृष्ट छ । भविष्यमा भारतीय टीमको कप्तान बन्ने अवसर उनमा पनि छ ।

किनकि उनी २७ वर्षका मात्रै भए । अझैं लामो समयसम्म क्रिकेट खेल्न सक्छन्, त्यसैले भविस्यमा पाण्ड्याको कप्तान बन्ने मौका छ ।

Loading...