भारतसँग खेल्नुअघि कप्तान परिवर्तन गर्दै श्रीलंका, यी हुन् सम्भावित खेलाडी

काठमाडौं : भारतविरुद्ध तीन म्याचको टी-२० अन्तर्राष्ट्रिय श्रृंखलाअघि श्रीलंका क्रिकेट बोर्डले कप्तानसम्बन्धमा ठूलो निर्णय लिने भएको छ।

कुसल परेराले श्रीलंकाका लागि राम्रो नतिजा ल्याउन नसकेपछि टी–२० टिमको नयाँ कप्तान नियुक्त गरिने भएको हो।

यस्तो अवस्थामा कुन खेलाडीले श्रीलंकाको टी-२० टिमको कप्तानी लिन सक्छ, यो रहस्य पनि झन्डै उजागर भएको छ।

रिपोर्टका अनुसार श्रीलंका क्रिकेट बोर्डले टी–२० टिमको कमान दसुन शनाकालाई हस्तान्तरण गर्न सक्ने बताइएको छ। शनाका वर्तमान टोलीका वरिष्ठ खेलाडीमध्ये एक हुन्।

यही कारणले श्रीलंका क्रिकेट बोर्डले उनलाई कप्तानी दिने योजना बनाइरहेको छ।

आउँदो केही दिनमा आधिकारिक घोषणा गरिने भएको छ।

श्रीलंकाले भारतविरुद्ध २१ जुनदेखि हुने टी–२० खेल्नु अगाडी नयाँ कप्तान घोषणा गरिने छ। शनाकाले अहिलेसम्म श्रीलंकाई टिमका लागि ४२ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्।

जसमा उनले ५४८ रन बनाए। उनको सर्वाधिक स्कोर ५४ रन हो। यद्यपि टी–२० क्रिकेटलाई ध्यानमा राखेर उसको औसत एकदम कम छ।

उनी १६.१२ को औसत र १०७.८७ को स्ट्राइकरेटमा रन बनाए।

४२ खेलको समान इनिङ्समा शनाकाले ५० अंक मात्र दुईपटक पार गरिसकेका छन्। यद्यपि शनाका एक ब्याट्सम्यानको रूपमा पूर्ण रूपमा सफल हुन सकेका छैनन्।

उनले ब्याटिङ अलराउन्डरको रूपमा आफ्नो नाम बनाएका छन्।  उनले ४२ टी–२० अन्तर्राष्ट्रिय खेलमा १७ पटक बलिङ गर्ने अवसर पाएका छन् र ११ विकेट लिन सफल भएका छन्।

यस्तो अवस्थामा कप्तानको जिम्मेवारी आएपछि शनाका अझ जिम्मेवार ब्याट्सम्यान र बलर बन्न सक्छन्।

Loading...