दक्षिण कोरियासँग खेल्नुअघि ब्राजिललाई धक्का, विश्वकपबाट बाहिरिए २ खेलाडी

काठमाडौं ।

कतारमा जारी फिफा विश्वकप फुटबलमा नकआउट चरण म्याच खेल्नुअघि ब्राजिललाई ठूलो झड्का लागेको छ । टिमका दुई महत्वपूर्ण सदस्य चोटका कारण विश्वकपबाट बाहिरिपछि ब्राजिललाई झड्का लागेको हो । विश्वकप गुमाउनेमा फरवार्ड ग्याब्रिएल जेसस र डिफेन्डर एलेक्स टेलेस रहेका छन् ।

उनीहरू शुक्रबार क्यामरुनविरुद्धको खेलका क्रममा घाइते भएका थिए । ब्राजिलले शनिबार एक विज्ञप्ति जारी गर्दै जेसस र टेलेसले विश्वकपबो बाँकी खेल गुमाउने जनाएको हो । उनीहरू घुँडाको चोटका कारण विश्वकपबाट बाहिरिएका विज्ञप्तिमा जनाइएको छ । ब्राजिलका ड्यानिलो र एलेक्स सान्ड्रो चोटमुक्त हुने क्रममा छन् ।

उनीहरूले दक्षिण कोरियाविरुद्धको खेलबाट कमब्याक गर्ने सम्भावना छ । साथै, चोटका कारण विश्राम गरिरहेका नेयमारले पनि दक्षिण कोरियाविरुद्धको खेलबाट पुनरागमन गर्ने सम्भावना छ । उनले खुट्टाको चोटका कारण समूह चरणको दुई खेल गुमाएका थिए । ब्राजिलले नकआउट चरणमा ६ डिसेम्बरमा दक्षिण कोरियाविरुद्ध खेल्दैछ ।

विश्वकपमा ४० वर्षपछि फ्रान्स र पोल्याण्डको भेट, यस्तो छ ‘हेड टु हेड’ नतिजा

फिफा विश्वकप फुटबलअन्तर्गत नकआउट चरणमा गत विजेता फ्रान्सले पोल्याण्डको सामना गर्दैछ । फ्रान्स र पोल्याण्डबीचको खेल आइतबार राति ८ः४५ देखि अल थुमामा स्टेडियममा सुरु हुनेछ । समूह चरणमा फ्रान्सले तीनमध्ये दुईमा जित र एक खेलमा हार बेहोरेको थियो ।

ऊ समूह चरणको अन्तिम खेलमा ट्युनिसियाविरुद्ध १–० ले पराजित भयो । फ्रान्स उत्कृष्ट कमब्याक गर्दै पोल्याण्डलाई हराउन चाहन्छ । पोल्याण्डले समूह चरणमा तीनमध्ये एकमा जित, एकमा हार र एक खेलमा बराबरी खेलेको थियो । ऊ समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनासँग २–० ले पराजित भयो ।

पोल्याण्ड समूह ‘सी’ को उपविजेताको रूपमा अन्तिम १६ मा पुगेको हो । फ्रान्सले समूह ‘डी’ को विजेताको रूपमा नकआउट चरणको यात्रा तय गर्‍यो । गत विजेता भएकाले फ्रान्समाथि यसपटक उपाधि रक्षा गर्ने दबाब छ । पोल्याण्ड भने पहिलोपटक उपाधिको खोजीमा छ ।

हालसम्म फ्रान्स र पोल्याण्डले १६ अन्तर्राष्ट्रिय म्याच खेलेका छन् । जसमा फ्रान्सले ८ खेलमा जित हात पार्दा पाँचमा बराबरी र तीन खेलमा हारको सामना गरेको छ । यी दुई टिमले पहिलोपटक सन् १९३९ मा खेलेका थिए । सो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फ्रान्स ४–० ले विजयी भयो ।

हालसम्म फ्रान्स र पोल्याण्डले विश्वकपमा एकपटक मात्र एकअर्काको सामना गरेका छन् । सन् १९८२ को विश्वकप भेटमा पोल्याण्डसँग फ्रान्स ३–२ गोल अन्तरले पराजित भएको थियो । यी दुई टिमले पछिल्लोपटक ९ जुन २०११ मा खेलेका थिए । सो मैत्रीपूर्ण खेलमा फ्रान्स १–० ले विजयी भयो ।

Leave A Reply

Your email address will not be published.