इंग्ल्याण्डसँग हार्‍यो भारत लेजेन्ड्स

काठमाडौं- भारतमा जारी रोड सेफ्टी वर्ल्ड टी-२० सिरिजअन्तर्गत भारतविरुद्ध इंग्ल्याण्ड लेजेन्ड्स रनले विजयी भएको छ ।

जारी प्रतियोगितामा इंग्ल्याण्डको यो लागातार दोस्रो जित हो । उसले पहिलो खेलमा बंगलादेश लेजेन्ड्सलाई सात विकेटले हराएको थिए ।

गएराति छत्तिसगढको रायपुरमा सम्पन्न खेलमा इंग्ल्याण्डले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १ सय ८२ रन बनायो ।

उसका लागि अलराउन्डर इरफान पठानले आक्रामक ब्याटिङ गरे पनि टिमलाई जित दिलाउन सकेनन् । उनले ३४ बलमा पाँच छक्का र चार चौकासहित अविजित ६१ रनको पारी खेले ।

त्यस्तै, मनप्रीत गोनी १६ बलमा चार छक्का र एक चौकाको मद्दमा ३५ रनमा नटआउट रहे ।

युवराज सिंह २२, यूसुफ पठान १७, नमन ओझा १२, कप्तान सचिन तेन्दुलकर ९, एस बद्रीनाथ ८, वीरेन्द्र सहवाग ६ र मोहम्मद कैफ एक रनमा आउट भए ।

बलिङमा मोन्टी पेन्सरले तीन, जेम्स ट्रेडवेलले दुई, म्याथ्यू हगार्ड र रायन साइडबट्टमले एक/एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८८ रन बनायो ।

उसका लागि कप्तान केविन पीटरसनले आक्रामक ब्याटिङ गरे । उनले ३७ बलमा पाँच छक्का र सात चौकासहित ७५ रनको पारी खेले ।

त्यस्तै, डारेन म्याड्डीले २९, क्रिस स्कोफिल्ड, गेविन ह्याबिल्टनले १५र१५, फिल मस्टर्डले १४ र क्रिस ट्रमलेटले १२ रन बनाए ।

बलिङमा यूसुफ पठानले तीन, मुनाफ पटेल र इरफान पटेलले दुई/दुई विकेट लिए ।

जारी प्रतियोगितामा भारत लेजेन्ड्सको पहिलो हार हो । उसले चार म्याच खेल्दा तीन खेलमा जित हासिल गरेको छ । अंक तालिकामा भारत शीर्ष स्थानमा छ ।

भारतसँगको जितसँगै इंग्ल्याण्ड तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । उसले दुई खेलमा आठ अंक बटुलेको छ ।

Loading...