पुलिसविरुद्ध बलिङ गर्दै सन्दीपको टिम, यस्तो छ आज दुवै टिमको प्लेइङ-११

काठमाडौं- काठमाडौंमा जारी मेयर्स कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल पुलिस क्लबविरुद्ध काठमाडौं मेयर्स-११ ले टस जितेर बलिङ रोजेको छ । यी दुई टिमबीचको खेल कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भइरहेको छ ।

जारी प्रतियोगितामा पुलिसले तीन म्याच खेल्दा दुईमा जित र एक खेलमा हारको सामना गरेको छ । मेयर्स-११ ले दुई म्याचमा एकमा जित र एक खेलमा हार ब्यहोरेको छ ।

सन्दीप लामिछाने नेतृत्वको मेयर्स-११ ले बागमती प्रदेशलाई हराउँदा त्रिभुवन आर्मी क्लबसँग हारको सामना गरेको थियो । पुलिस अनुवभी खेलाडीले भरिपूर्ण छ ।

मेयर्स-११ मा भने युवा खेलाडीको संख्या बढी छ । मेयर्स-११ टिम विभिन्न प्रदेश टिमका खेलाडी समावेश गरेर बनाइएको हो ।

यस्तो छ आज दुवै टिमको प्लेइङ-११ :

Loading...