श्रीलंकाविरुद्ध वेष्ट इण्डिजको फराकिलो जित

काठमाडौं- श्रीलंका विरुद्धको एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा घरेलु टोली वेष्ट इण्डिज आठ विकेटले विजयी भएको छ ।

गएराति भएको खेलमा श्रीलंकाले दिएको २ सय ३३ रनको लक्ष्य वेष्ट इण्डिजले ४७ ओभरमा दुई विकेट गुमाएर भेट्टायो ।

उसका लागि साई होपले शतकीय पारी खेले । उनले १ सय ३३ बलमा १२ चौका र दुई छक्कासहित १ सय १० रनको योगदान दिए ।

त्यस्तै, इभन लुईसले ६५, डारेन ब्रावोले ३७ र जसन मोहम्मदले अविजित १३ रन बनाए । बलिङमा दुश्मन्था चामेराले दुई विकेट लिए ।

त्यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले ४९ ओभरमा सबै विकेट गुमाएर २ सय ३२ रन बनायो ।
उसका लागि धनुष्का गुणतिलकाले ५५, कप्तान दिमुथ करुणारत्नले ५२, ऐशन भण्डाराले ५० र लक्षण सदाकनले नटआउट १३ रन बनाए ।

बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । बलिङमा जसन मोहम्मद र जेसन होल्डरले सर्वाधिक दुई/दुई विकेट लिए ।

योसँगै तीन खेलको सिरिजमा वेष्ट इण्डिजले १-० को अग्रता बनाएको छ । यी दुई टिमबीचको दोस्रो खेल शुक्रबार हुनेछ ।

Loading...