यी तीन विश्व चर्चित क्रिकेटर : जसले धेरै म्याच खेले पनि कहिल्यै बलिङ गरेनन्

काठमाडौं- क्रिकेटको विश्वमा प्रत्येक खेलाडीको आफ्नै भूमिका हुन्छ, जसको आधारमा उनी टिममा आफ्नो ठाँउ पाउन सक्षम छन्। पुरानो समयमा अलराउन्डर खेलाडी त्यति प्रचलित थिएनन्।

जसका कारण या त खेलाडीले बलिङ गर्थे वा केवल ब्याटिङ। 

तर, आजको समयमा खेलाडीले दुबै क्षेत्रमा योगदान दिन चाहन्छन् र त्यसैले आजकल दोहोरो क्षमता भएका यस्ता खेलाडीहरू छनौट गर्न बढी जोड दिइन्छ।

यी सबै हुँदाहुँदै पनि यहाँ केही खेलाडी छन्। जो केवल ब्याटिङ वा बलिङमा बिशेष ध्यान दिन्छन्। र, आफ्नो करियर अगाडि बढाउँछन्।

आज हामी त्यस्ता चार ब्याट्सम्यानको बारेमा जानकारी दिँदैछौं। जसले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करियरमा एक बल पनि नफालेर सबैभन्दा बढी खेल खेलेका छन्।

उपुल थरंगा

उपुल थरंगा स्वाभाविक रूपमा प्रतिभाशाली बायाँ हाते ओपनर थिए। उनले श्रीलंका क्रिकेट टिममा महत्वपूर्ण योगदान पुर्‍याए। र, तिलकरत्ने दिलशानसँगै इनिङस् सम्हाल्ने प्रयास गर्थे। एक उत्कृष्ट ब्याट्सम्यानको साथसाथै उनी विकेटकीपिङ पनि गर्थे।

कुमार संगकाराको अनुपस्थितिमा उनले धेरै खेलमा स्टम्पको पछाडि खेलेका थिए। उपुल थरंगा एकदिवसीय खेलका सर्वश्रेष्ठ खेलाडी थिए। र, उनले करियरमा १५ शतक पनि हिर्काए। यद्यपि यी पूर्व खेलाडीले आफ्नो करियरमा २९३ खेल खेल्दा बलिङ गरेनन्।

इयोन मोर्गन

इंग्ल्यान्डका ह्वाइट बलका कप्तान इयोन मोर्गनले ३६७ खेल बलिङ नगरिकनै खेलेका छन्। मोर्गन एक महान ब्याट्सम्यान का साथै एक महान कप्तान पनि हुन्। उनले २०१९ मा मात्र इंग्ल्यान्डलाई पहिलो विश्वकपको उपाधि जिताएका थिए।

उनले आयरल्यान्डका लागि खेल्दै अन्तर्राष्ट्रिय क्यारियर सुरु गरे। तर, चाँडै उनी इंग्ल्यान्ड टिममा सामेल भए र त्यसबेलादेखि उनको करियर बदलियो।

मोर्गनको सीमित ओभरको खेलमा इंग्ल्यान्डलाई एक शक्तिशाली टिम बनाउने श्रेय पनि जान्छ। यद्यपि कसैले पनि उनले अन्तर्राष्ट्रिय स्तरमा बलिङ गरेको देखेका छैनन्।

मुशफिकुर रहीम

अहिलेको अन्तर्राष्ट्रिय स्तरका सर्वश्रेष्ठ विकेटकीपर ब्याट्सम्यान मध्ये एक हुन् बंगलादेशका मुशफिकुर रहीम। रहीमले विकेट किपरको रूपमा जबरजदस्त खेल्छन्।

बंगलादेशका लागि मध्य क्रममा पनि राम्रो ब्याटिङ गर्छन्। पछिल्ला धेरै वर्षदेखि रहिम राष्ट्रिय टोलीको महत्वपूर्ण हिस्सा बनेका छन्। यद्यपि उनले विगत केहि वर्षहरू विवादित बनेका थिए। तर, यो सबैको बावजुद उनको क्षमतामा कमि आएन्।

रहीमले अन्तर्राष्ट्रिय स्तरमा ३८८ खेलमा १२ हजार भन्दा बढी रन बनाए। रहीम अभ्यास सत्रको क्रममा धेरै बलिङ गरेको देखिन्छन्। तर, उनले कुनै पनि अन्तर्राष्ट्रिय खेलमा बलिङ गरेका  छैनन्।

एडम गिलक्रिस्ट

विकेट किपरले रन बनाए प्रायः बोनस मानिन्थ्यो किनकि उनीहरूको मुख्य काम स्टम्पको पछाडि विकेटको रेखदेख गर्नु थियो। तर, क्रिकेट विश्वमा एडम गिलक्रिस्टको आगमन पछि यो पूर्ण रूपमा परिवर्तन भयो।

उनी एक ब्याट्सम्यान थिए। जसले कुनै दिन कुनै पनि टोलीको बलिङ आक्रमणलाई बिच्छेद गर्ने क्षमता राखेका थिए। र, उनको प्राकृतिक खेल धेरै आक्रामक थियो। गिलक्रिस्ट पनि एक विकेटकीपर थिए।

र, उनले आफ्नो नाममा धेरै विकेटकीपिङ रेकर्ड राखेका थिए। यद्यपि उनले ३९६ अन्तर्राष्ट्रिय खेल खेलेपनि कहिल्यै बलिङ गरेनन्। गिलक्रिस्टले अन्तर्राष्ट्रिय स्तर बाहेक धेरै ठाउँमा बलिङ गरेका छन्। र, उनले आईपीएलमा समेत एक विकेट लिएका छन्।

Loading...