पहिलो टी-२० मा भारत र इंग्ल्याण्डको सम्भावित प्लेइङ-११

काठमाडौं- इंग्ल्याण्ड र भारत आजदेखि टी-२० सिरिज खेल्दै छन् । पाँच खेलको सिरिजको पहिलो म्याच नेपाली समयअनुसार साँझ ७ः१५ बजेदेखि अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा सुरु हुनेछ ।

भारतले अन्तिम पटक २०२० को डिसेम्बरमा टी-२० सिरिज खेलेको थियो । अष्ट्रेलियासँगको तीन खेलको सो सिरिज भारतले २-१ ले जितेको थियो ।

इंग्ल्याण्डले पनि गत वर्षको डिसेम्बरमै अन्तिम पटक टी-२० सिरिज खेलेको थियो । दक्षिण अफ्रिकासँगको तीन खेलको सो सिरिजमा इंग्ल्याण्डले ३-० ले ‘क्लिन स्विप’ गरेको थियो ।

वर्तमान क्रिकेटमा भारत र इंग्ल्याण्ड बलियो देखिएका छन् । यी दुई टिमबीचको टी-२० सिरिज रोमाञ्चक हुने अनुमान गरिएको छ । पछिल्लो पाँच खेलमा भारतविरुद्ध इंग्ल्याण्डले एक खेलमा मात्र जित हासिल गरेको छ ।

इंग्ल्याण्डको सम्भावित प्लेइङ-११ : जेसन रोय, जोस बटलर (विकेटकीपर), डेविड मलान, जोनी बेयरिस्टो, बेन स्टोक्स, इयोन मोर्गन (कप्तान), मोईन अली, साम करन, क्रिस जोर्डन, जोफ्रा आर्चर/मार्क वुड र आदिल राशिद ।

भारतको सम्भावित प्लेइङ-११ : रोहित शर्मा, केएल राहुल, विराट कोहली (कप्तान), श्रेयस अय्यर, ऋषभ पन्त (विकेटकीपर), हार्दिक पाण्ड्या, अक्षर पटेल/वाशिङ्टन सुन्दर, शार्दुल ठाकुर, भुवनेश्वर कुमार, युजवेन्द्र चहल र नवदीप सैनी ।

Loading...