इंग्ल्याण्डविरुद्ध भारतको ऐतिहासिक जित, दोस्रो टेष्टमा चम्किँए यी खेलाडी

काठमाडौं : टेष्ट सिरिजको दोस्रो म्याचमा भारतले पाहुना टोली इंग्ल्याण्डलाई ३ सय १७ रनले पराजित गरेको छ । टेष्ट क्रिकेमा इंग्ल्याण्डविरुद्ध भारतको यो ऐतिहासिक जित हो ।

यसअघि भारतले इंग्ल्याण्डलाई टेष्टमा ३ सय १७ रन अन्तरले हराउन सकेको थिएन । यो जितसँगै भारतले चार खेलको सिरिज १-१ को बराबरीमा ल्याएको छ ।

दोस्रो टेष्टमा भारतले दिएको ४ सय ८२ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड चौथो दिननै अलआउट भयो । इंग्ल्याण्डले दोस्रो इनिङ्समा पनि खराब ब्याटिङ गर्‍यो ।

इंग्ल्याण्ड दोस्रो इनिङ्समा १ सय ६४ रनमै समेटियो । इंग्ल्याण्डका लागि दोस्रो इनिङ्समा अलराउन्डर मोइन अलीले विस्फोटक ब्याटिङ गरे । उनले १७ बलमा ५ छक्का र ३ चौकासहित ५७ रनको योगदान दिए ।

त्यस्तै, कप्तान जो रुटले ३३, दान लरेन्सले २६, रोरी बर्न्सले २५ र ओली पोपले १२ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा अक्क्षर पटेलले पाँच, रविचन्द्रन आश्विनले तीन, कुलदीप यादवले दुई विकेट लिए ।

इंग्ल्याण्डसँगको दोस्रो टेष्टको दोस्रो इनिङ्समा भारतीय टिमका अलराउन्डर रविचन्द्रन आश्विनले शतकीय पारी खेले । उनले १४८ बलमा १४ चौका र एक छक्कासहित १०६ रनको पारी खेले ।

 

आश्विनले ४० टेष्ट र ५४ महिनापछि शतक बनाएका हुन् । उनले यसअघि सन् २०१६ मा वेष्ट इण्डिजविरुद्ध शतक बनाएका थिए । सो टेष्टमा उनले ११८ रनको पारी खेलेका थिए । हालसम्म आश्विनले टेष्टमा पाँच शतक बनाएका छन् ।

भारतले पहिलो इनिङ्समा रोहित शर्माको १६१ रनको शानदार पारीमा ३२९ रन बनाएको थियो । इंग्ल्याण्ड भने पहिलो इनिङ्समा १३४ रनमै अलआउट भयो । उसका लागि बेन फोक्सले अविजित ४२, ओली पोपले २२, बेन स्टोक्सले १८ र डोब सिब्लीले १६ रन बनाए ।

बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । बलिङमा रविचन्द्रन आश्विनले पाँच, इशान्त शर्मा, अक्क्षर पटेलले दुई/दुई र मोहम्मद सिराजले एक विकेट लिए ।

इंग्ल्याण्ड सस्तैमा आउट भएपछि भारतलाई पहिलो इनिङ्समा १९५ रनको अग्रता मिलेको थियो । दोस्रो पारीमा २८६ रन बनाएसँगै भारतले इंग्ल्याण्डलाई ४८२ रनको विशाल लक्ष्य दिन सफल भयो । भारतले तस्रो दिनको दोस्रो पारी ५४/१ को अवस्थाबाट सुरु गरेको थियो ।

भारतले दोस्रो पारीमा ११ रन बनाउँदा ३ विकेट गुमाइसकेको थियो । भारतले दोस्रो पारीमा ११ रन बनाउँदा ३ विकेट गुमाइसकेको थियो ।

रोहित शर्मा २५), शुभमन गिल (१४), चेतेश्वर पुजारा (७) र ऋषभ पन्त (९), अजिंक्य रहाणे (१०) अक्क्षर पटेल (७) सस्तैमा पवेलियन फर्किएका थिए ।

भारत एक समय १०६ रनमा ६ विकेट गुमाएको अवस्थामा थियो । तर, कप्तान विराट कोहली र रविचन्द्रन आश्विानले पारी सम्हाले ।

यो जोडीबीच सातौँ विकेटका लागि १७७ बलमा ९६ रनको साझेदारी भयो । पहिलो इनिङ्समा शून्यमै आउट भएका विराटले दोस्रो पारीमा भने ६२ रनको योगदान दिए ।

दोस्रो पारीमा बलिङमा मोइन अली, ज्याक लिचले चार/चार र ओली स्टोनले एक विकेट लिए । भारत-इंग्ल्याण्डबीचको तेस्रो टेष्ट २४ फेब्रुअरीमा अहमदाबादमा हुनेछ ।

Loading...