सबै म्याचमा ‘नटआउट’ हुँदा पनि टिमबाट भने ‘आउट’ हुने ३ भारतीय क्रिकेटर

काठमाडौं– भारतीय टिमबाट खेल्न खेलाडीबीच तीव्र प्रतिस्पर्धा छ । भारतमा एकभन्दा एक उत्कृष्ट खेलाडी राष्ट्रिय टिमबाट खेल्न प्रतिक्षामा छन् ।

खेलाडीको चाप यतिसम्म छकि पाएको मौका सदुपयोग नगरे दोस्रो पटक कमब्याक गर्न निकै मुश्किल छ ।

खेलाडीको चापकै कारण भारतीय टोलीमा धेरै खेलाडीले राम्रो खेल्दा पनि आउट हुनु परेको छ । यसैबीच, आज राम्रो खेल्दाखेल्दै पनि टिमबाट आउट हुन पुगेका तीन भारतीय खेलाडीको चर्चा गर्दैछौँ:

भरत रेड्डी

पूर्व खेलाडी भरत रेड्डीको बारेमा सायद धेरैलाई थाहा नहुन सक्छ ।

उनले १९७८ देखि १९८१ सम्म भारतका लागि ३ वानडे म्याच खेल्ने मौका पाएका थिए । भरतले भारतका लागि तीन वानडे म्याच खेल्दै दुइ पारीमा नटआउट रहेका थिए ।

एक पारीमा ब्याटिङको मौका नै पाएनन् ।  सो पारीमा उनले २० बलको सामना गर्दै ११ रन बनाएका थिए । त्यसछि भरतले भारतका लागि कुनै पनि म्याच खेल्ने मौका पाएनन् ।

 फैज फजल

फैज फजलले भारतकालागि एउटा मात्र वानडे म्याच खेल्ने मौका पाएका थिए ।

सो म्याचमा उनले ५५ रनको नटआउट पारी खेलेका थिए । फैजले २०१६ माजिम्बाव्बवेविरुद्ध हरारेमा डेब्यू गर्ने मौका पाए ।

237 रन से हारी हैदराबाद, विदर्भ के फैज फजल ने ठोका शतक - faiz fazal century help hyderabad to victory over vidarbha - Sports Punjab Kesari

त्यसपछि उनलाई कहिले पनि भारतीय टिममा समावश गरिएन । फैजले आफ्नो डेब्यू म्याचमा ५५ रनको बहुमूल्य पारी खेलेर पनि टिममा मौका नै पाउन सकेनन् ।

सौरभ तिवारी

सौरभ तिवारीले भारकालागि तीन वानडे म्याच खेल्ने मौका पाएका थिए ।

उनले २ म्याचमा ब्याटिको मौका पाएका थिए र एक म्याचमा मौका पाएका थिएनन् । खेलेको त्यो दुई पारीमा उनी आउट भएका थिएनन् ।

दुवै पारीमा नटआउन रहेका थिए । तिवारीले आफ्नो पहिलो र दोस्रो अन्तर्राष्ट्रिय म्याच २०१० मा बैंग्लोरमा खेलेका थिए ।

उनले सो म्याचमा नटआउट ३७ रनको बहुमूल्य पारी खेलेर टिमलाई जित दिलाएका थिए ।

अर्को म्याचमा भने उनले ब्याटिङको मौका नै पाएका थिएनन् । प्रदर्शन ठीकठाक नै भए पनि त्यसपछि भने उनले टिममा कमब्याक गर्न सकेनन् ।

Loading...