टस हारेर ब्याटिङ गर्दै भारत, यस्तो छ प्लेइङ-११

काठमाडौं । भारतसँगको टी-२० सिरिजको पहिलो खेलमा श्रीलंकाले टस जितेर बलिङ रोजेको छ । यी दुई टोलीबीचको खेल ८ः१५ बजेदेखि कोलम्बोमा सुरु हुँदैछ ।

भारतीय टोलीमा दुई खेलाडीले डेब्यू गरेका छन् ।

डेब्यू गर्नेमा ब्याट्सम्यान पृथ्वी शा र स्पिनर वरुण चक्रवर्ती रहेका छन् ।

श्रीलंका र भारतबीचको टी-२० म्याच ८ः१५ बजेदेखि सुरु हुनेछ ।

हालसम्म भारत र श्रीलंकाले एकअकापसमा १९ टी-२० अन्तर्राष्ट्रिय म्याच खेलेका छन् । जमसा भारत हाबी देखिन्छ ।

उसले श्रीलंकालाई १९ मध्ये १३ खेलमा हराएको छ ।

श्रीलंकाले भने हालसम्म भारतलाई ५ खेलमा मात्र हराउन सकेको छ । यी दुई टोलीबीचको एक टी-२० म्याच भने रद्द भएको छ ।

भारतको प्लेइङ-११ : शिखर धवन (कप्तान), पृथ्वी शा, इशान किशन, सूर्यकुमार, सञ्जु सामसन, हार्दिक पांड्या, कृणाल पांड्या, दीप चाहर, भुवनेश्वर कुमार, युजवेन्द्रचहल र वरुण चक्रवर्ती ।

श्रीलंकाको प्लेइङ- ११  : अविष्का फर्नांडो, मिनोद भानुका (विकेटकीपर), धनंजया डि सिल्वा, चरित असलान्का, दासुन शनाका (कप्तान), आशेन बन्डारा, वनिन्दु हसरंगा, चमिका करुणारत्ने, ईसुरु उडाना, अकिला डानजाया र दुश्मन्था चमेरा ।

Loading...