यी हुन् अन्तर्राष्ट्रिय क्रिकेटमा ५० हजार भन्दा बढी बल फ्याक्ने बलर

काठमाडौं– क्रिकेटको कुनै पनि प्रारूपमा बलिङ धेरै महत्त्वपूर्ण हुन्छ। टेस्ट, वानडे वा टी–२० क्रिकेटको हरेक प्रारूपमा टीम बलरमा निर्भर रहेका हुन्छन्।

एक खेल ब्याट्सम्यानले जित्न सक्छन्। तर, यदि एक श्रृंखला वा ठूलो प्रतियोगिता जित्न बलरले राम्रो प्रदर्शन गर्नु आवश्यक हुन्छ।

राम्रो बलिङ नगरी ठूलो प्रतियोगितामा जित्न सम्भव हुँदैन्। अहिलेसम्म धेरै बलरले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो छाप छोडेका छन्।

वसीम अकरम, कर्टनी वाल्श, वकार युनिस, शोएब अख्तर, जहीर खान, अनिल कुम्बले, शेन वार्न, मुथियाह मुरलीधरन, ग्लेन म्याकग्रा, ब्रेट ली जस्ता थुप्रै नाम चर्चामा छन्।

जसले अन्तर्राष्ट्रिय क्रिकेटमा धेरै उपल्ब्धी हासिल गरेको छ।

Zaheer Khan। IPL 2019 : जहीर खान बोले, अंपायरों पर जितना दबाव डालोगे,  मुश्किलें उतनी बढ़ेंगी

यी बलरहरूले आफ्नो करियरमा धेरै विकेट लिए। मुथैया मुरलीधरनको नाम टेस्ट क्रिकेटमा सर्वाधिक विकेट लिने रेकर्डमा छ।

तर, के तपाईंलाई थाहा छ। अन्तर्राष्ट्रिय करियरको क्रममा कुन बलरले सबैभन्दा बढी बलिङ गरेको छ?

आज हामी तपाईंलाई तीन बलरको बारेमा जानकारी दिँदैछौं। जसले आफ्नो अन्तर्राष्ट्रिय करियरमा खेलका क्रममा ५० हजार भन्दा बढी बल फ्याकेको छ।

शेन वार्न
यस सूचीमा अस्ट्रेलियाका पूर्व दिग्गज स्पिनर शेन वार्न तेस्रो नम्बरमा छन्।

मुथैया मुरलीधरन पछि टेस्ट क्रिकेटमा उनी धेरै विकेट लिने दोस्रो खेलाडी हुन्। वार्नले आफ्नो क्रिकेट करियरमा टेस्ट र वानडसहित ३३९ खेल खेलेका थिए।

र, यस अवधिमा १००१ विकेट लिएका थिए। वार्नले यी ३३९ खेलमा ५१३४७ बल खेले।

यस समयमा उनले २५५३६ रन पनि दिए। उनले ३८ पटक ५ विकेट र १० पटक १० विकेट लिने उपलब्धि पनि हासिल गरका छन्।

अनिल कुम्बले
पूर्व भारतीय कप्तान अनिल कुम्बले यस सूचीमा दोस्रो नम्बरमा छन्। कुम्बले मुथैया मुरलीधरन र शेन वार्नको पछाडि टेस्ट क्रिकेटमा तेस्रो सर्वाधिक विकेट लिने (६१९) खेलाडी हुन्।

कुम्भलेले १९९० देखि २००८ सम्म ४०३ अन्तर्राष्ट्रिय खेल खेलेका थिए।

र, यस अवधिमा ९५६ विकेट लिएका थिए। यस समयमा कुम्बलेले ५५३४६ बल फ्याके।

र, २८७६७ रन दिए। उनले ३७ पटक आफ्नो अन्तर्राष्ट्रिय करियरमा ५ विकेट र ८ पटक १० विकेट लिएका थिए।

मुथैया मुरलीधरन
श्रीलंकाका पूर्व दिग्गज स्पिनर मुथैया मुरलीधरन यस सूचीमा पहिलो स्थानमा छन्। उनी टेस्ट क्रिकेटमा सर्वाधिक विकेट लिने (८००) छन्।

यस बाहेक उनले अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी बल फ्याकेका छन्।

मुरलीधरनले १९९२ देखि २०११ सम्म ४९५ अन्तर्राष्ट्रिय खेल खेलेका थिए। यस अवधिमा ६३१३२ बल फ्याकेका थिए। मुरलीधरनले ३०८०३ रन समेत दिए।

र, यस अवधिमा १३४७ विकेट लिएका थिए। उनको करियरमा उनले ७७ पटक ५ र २२ पटक १० विकेट लिएका थिए।

Loading...