नेपालमा क्रिकेट खेल्न उत्साहित छन् अफ्रिदी, दिए रोचक प्रतिक्रिया!

काठमाडौं– पूर्व पाकिस्तानकी कप्तान शाहिद अफ्रिदी चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिता खेल्न आउने भएका छन्।

४४ वर्षीय अफ्रिदीलाई काठमाडौं किङ्स–११ ले चौंथो संस्करणको ईपीएलका लागि अनुबन्ध गरेको हो। चौथो संस्करणको ईपीएल क्रिकेट यही असोज ९ गतेदेखि असोज २३ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने तय भएको छ।

May be an image of 1 person and text that says 'RAMESH CORP EPL உரச KINGS *Xl* EPL RAMESH "WELCOME TO KATHMANDU KINGS XI" SHAHID AFRIDI'

काठमाडौं किङ्स–११ ले सोमबार एक कार्यक्रम गरेर अफ्रिदी आफ्नो टोलीबाट ईपीएल खेल्न आउने बताएको छ।

ईपिएल प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) ले मान्यता दिएका छन्।

अफ्रिदीले पाकिस्तानका लागि सन् १९९६ देखि २०१८ सम्म क्रिकेट खेलेका थिए ।

आफ्नो खेल करिअरमा उनले पाकिस्तानका लागि २७ टेस्टबाट १७ सय १६ रन र ४८ विकेट झारेका थिए। उनले ३ सय ९८ एक दिवसीयबाट ८ हजार ६४ रन बनाए।

त्यस्तै उनले ३ सय ९५ विकेट र टी–२० मा ९९ खेल खेलेर १४ सय १६ रन बनाए। त्यस्तै उनले ९८ विकेट झारेका थिए। काठमाडौंमै नेपाली लेग स्पिनर सन्दीप लामिछाने अनुबन्ध भइसकेका छन्।

यो प्रतियोगितमा देशका ६ शहरबाट फ्रेन्चाइज टिम सहभागी हुने छन्। प्रतियोगिताको साविक विजेता ललितपुर प्याट्रियाट हो।

प्रतियोगितामा काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्स छन्।

नेपालमा ईपीएल खेल्न  उत्साहित छन् अफ्रिदी
पूर्व पाकिस्तानकी कप्तान अफ्रिदीले नेपालमा क्रिकेट खेल्ने भएपछि उत्साहित छन्।

पहिलोपटक काठमाडौं किङ्स–११ मा आवद्ध भएका उनले नेपालमा क्रिकेट खेल्न उत्साहित भएको बताएका हुन्।

काठमाडौं मेरो पहिलो भ्रमण हुनेछ। म निकै उत्साहित भएको काठमाडौंले आयोजना गरेको कार्यक्रममा अफ्रिदीले भर्चुअल प्रेस मिटमार्फत् भनेका थिए।

उक्त कार्यक्रममा उनी भिडियो लाइभबाट उपस्थित भएका थिए।

‘इमान्दारीपूर्वक भन्नु पर्दा नेपाली क्रिकेटबारे मलाई केही थाहा छैन,’ उनले भने, ‘तर, मलाई यो थाहा छ त्यहाँका मानिसहरू क्रिकेट मन पराउछन्।’

Loading...