ईपीएलमा अफ्रिदी अनुबन्ध भएपछि भारतीय मिडियाले के लेखे?

काठमाडौं– पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदीले नेपालमा हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेटमा भाग लिने भएपछि भारतीय मिडियामा चर्चा छाएको छ।

भारतको चर्चित अनलाइन स्पोर्टसकीडाले अफ्रिदीले नेपालमा ईपीएल खेल्ने समाचारलाई प्राथमिकता दिएर प्रकाशित गरेको छ।

स्पोर्टस् हिन्दीले अफ्रिदीलाई काठमाडौं किङ्स-११ ले चौथो संस्करणको ईपीएलका लागि अनुबन्ध गरेको कुरा उल्लेख गरेको छ।

त्यस्तै,  नेपाली लेग स्पिनर सन्दीप लामिछानेको पनि प्रशंसा गरेको छ।

स्पोर्टस् हिन्दीले सन्दीप र अफ्रिदीको विगतलाई पनि प्राथमिकता दिएर समाचार प्रकाशित गरेको छ।

चौथो संस्करणको ईपीएल क्रिकेट यही असोज ९ गतेदेखि असोज २३ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने तय भएको छ।

लामिछानेले अफ्रिदीसँग खेल्दै अन्तर्राष्ट्रिय टी-२० मा डेब्यू गरेका थिए।

लामिछाने र अफ्रिदी लर्ड्समा भएको आईसीसी वर्ल्ड-११ र वेस्ट इण्डिज टीमको बीचमा भएको च्यारेटी खेलको समयमा वर्ल्ड-११ का सदस्य थिए।

यो लामिछानेको पहिलो टी-२० अन्तर्राष्ट्रिय खेल थियो।

एकै साथ दुवै खेलाडीहरू फेरि ईपीएलमा सँगै खेल्दैछन्। लामिछानेले अफ्रिदीलाई एक भिडियो सन्देशमार्फत स्वागत गरेको कुरा पनि भारतीय मिडियाले लेखेका छन्। 

स्पोर्टस् हिन्दीले काठमाडौं किङ्स-११ मा सन्दीपले अफ्रिदीलाई स्वागत गर्न चाहेको र सबै खेलाडी उनलाई हेर्न उत्साहित रहेको कुरा लेखेको छ।

जवाफमा अफ्रिदीले पहिलो पटक काठमाडौं गइहरेको र आफू धेरै उत्साहित भएको कुरा पनि उल्लेख गरेका छन्। लामिछाने द हन्ड्रेड प्रतियोगितामा भाग लिन बेलायत गएका थिए।

तर, भिसा समस्याका कारण उनी नेपाल फर्कनुपर्‍यो। यी दुवै खेलाडी एक अर्काविरुद्ध पनि खेलेका छन्।

दुवैले अफगानस्तान प्रिमियर लिग र पाकिस्तान सुपर लिगमा एक अर्का टाेलीविरुद्ध खेलेका छन्।  अफ्रिदीलाई ईपीएलमा कति छक्का प्रहार गर्नुहुन्छ भनेर साेध्दा उनले बलिङ हेरेर भन्न सकिने बताए।

तर, उनले नेपाली खेलप्रेमीलाई मनोरञ्जन दिने प्रयास गर्ने बताएकाे पनि भारितय मिडियाले लेखेका छन्।

Loading...