भारत र श्रीलंकाबीचको टी-२० सिरिजको दोस्रो म्याच स्थगित

काठमाडौंः भारत र श्रीलंकाबीच मंगलबार कोलम्बोमा हुने दोस्रो टी–२० खेल स्थगित भएको छ।

भारतीय टीमका खेलाडीमा कोरोना पोजेटिभ भेटीएपछि खेल स्थगित भएको हो। क्रीकइन्फोका अनुसार भारतीय अलराउन्डर कृणाल पाण्ड्यालाई कोरोना पुष्टि भएको हो।

संक्रमित पाण्डयाको सम्पर्कमा आएका आठ भारतीय खेलाडीलाई अलग्गै राखिएको बीसीसीआईले जनाउको छ।

बीसीसीआईले पाण्डयालाई कोरोना भएको पुष्टि गरेको हो। अब दोस्रो टी–२० बुधवार हुनेछ। अब प्रत्येक खेलाडीको आरटी पीसीआर परिक्षण हुने भएको हो।

4 ओवर में 55 रन देने के बाद हार्दिक ने क्रुणाल पांड्या का जमकर उड़ाया मजाक - Hardik making joke when i went to so many runs krunal pandya - Latest News

इंग्ल्यान्डमा टेस्ट श्रृंखलाको लागि गएको भारतीय टीमका केही सदस्यमा पनि कोरोना देखिएको थियो। विकेटकीपर ऋषभ पन्त कोरोना संक्रमित भएका थिए।

जे होस्, अब उनी पूर्ण रूपले स्वस्थ छन् र टोलीमा फर्केका छन्। श्रीलंका टुरमा गएको भारतीय टीम बायो बबलमा खेल्दै थियो र विपक्षी टीम पनि बबल नियम अनुसरण गर्दै थियो।

कोरोनाको दृष्टिकोणमा श्रीलंका क्रिकेट बोर्डले दुई अलग–अलग टोलीलाई बायो बबलमा राखेको थियो। ताकि संक्रमित खेलाडी बदल्न सकियोस्।

कसैले पनि भारतीय टोलीबाट संक्रमित हुने बारे सोचेको थिएन्। दुबै टोलीले दोस्रो टी–२० खेलको लागि मैदान लिनको लागि तयारी गरिरहेका थिए।

भारतीय टीमले पहिलो टी–२० खेल जित्दै श्रृंखलामा अग्रता बनाएको छ। भारतीय टीमको रणनीति दोस्रो खेल जित्दै श्रृंखला कब्जा गर्न थियो। तर, खेल स्थगित भएको छ।

अन्य खेलाडीमा लक्षण नदेखिएको बताइएको छ। यस स्थितिमा दुबै क्रिकेट बोर्डले कस्तो निर्णय लिन्छन् भनेर हेर्नुपर्नेछ।

भारतीय टीमले श्रीलंका भ्रमणमा अहिले सम्मकै उत्कृष्ट खेल प्रदर्शन गरेको छ। एकदिवसीय श्रृंखला जितेको भारतले टी–२० श्रृंखलामा पनि एक खेल जितेको छ।

कोरोेना भाइरसको कारण खेलको तालिका परिवर्तन भएको छ। ओडीआई श्रृंखला पहिले नै ढिला सुरु भएको थियो।

Loading...