भारतसँगको तेस्रो टेष्टका लागि इंग्ल्याण्डको टोली घोषणा

काठमाडौं : इंग्ल्याण्डले भारतसँगको टेष्ट सिरिजको तेस्रो म्याचका लागि टोली घोषणा गरेको छ । इंग्ल्याण्डले मंगलबार जो रुटको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको हो ।

पहिलो दुई म्याचमा टिममा मौका नपाएका विकेटकीपर/ब्याट्सम्यान जोनी बेयरिस्टोले तेस्रो टेष्टमा स्थान बनाएका छन् ।

चोटका कारण सुरुका दुई म्याच गुमाएका ओपनिङ ब्याट्सम्यान ज्याक कर्लीले पनि टिममा अवसर पाएका छन् ।

दोस्रो टेष्टमा भारतसँग ३१७ रनले पराजित भएको इंग्ल्याण्ड तेस्रो टेष्टमा उत्कृष्ट कमब्याक गर्न चाहन्छ । इंग्ल्याण्ड र भारतबीचको तेस्रो टेष्ट २४ देखि २८ फेब्रुअरीसम्म अहमदाबादमा हुनेछ ।

तेस्रो टेष्टका लागि घोषणा गरिएको इंग्ल्याण्डको टिम :

Loading...