काठमाडौं ।
मुम्बई इण्डियन्सका कप्तान रोहित शर्मा चेन्नई सुपर किंग्सका कप्तान एमएस धोनीलाई पछि पार्दै इण्डियन प्रिमियर लिग (आईपीएल) को इतिहासमा सबैभन्दा धेरै कमाउने खेलाडी बनेका छन् । उनी अहिले आईपीएलबाट हालसम्म सर्वाधिक कमाइ गर्ने खेलाडी हुन् ।
विराट कोहली, एमएस धोनी, रोहित शर्मा र अन्य केही खेलाडीले आईपीएलमा ठूलो रकम पाउँछन् । आईपीएल २०२३ को पनि लिलामी भएको छ र इंग्ल्याण्डका स्टार अलराउन्डर साम करण सबैभन्दा महँगो खेलाडी बनेका छन् । उनलाई पञ्जाब किंग्सले १८.५० करोडमा किनेको छ ।
आईपीएल फ्रेन्चाइजीहरूले एक नयाँ रिपोर्ट जारी गरेको छ । जुन रिपोर्टले आईपीएल इतिहासमा सबैभन्दा धेरै कमाउने खेलाडीहरूको सूची सार्वजनि गरेको छ । रिपोर्टका अनुसार दुई सबैभन्दा सफल कप्तान धोनी र रोहित आईपीएलको इतिहासमा सबैभन्दा धेरै कमाउने टप २ खेलाडी हुन् ।
यसअघि, धोनी आईपीएलमा सबैभन्दा बढी कमाउने खेलाडी थिए । तर अब यो सूचीमा रोहितले धोनीलाई कमाइको मामिलामा पछि पारेका छन् । रोहित २०११ म मुम्बई इण्डियन्समा समावेश भएका थिए । त्यसबेलादेखि मुम्बईका लागि उनी महत्वपूर्ण भूमिका खेल्दै आइरहेका छन् ।
रोहितको नेतृत्वमा हालसम्म मुम्बई इण्डियन्सले सर्वाधिक ५ पटक आईपीएल उपाधि जितेको छ । उनले कप्तानाीमा मुम्बईले २०१३, २०१५, २०१७, २०१९ र २०२० मा आईपीएल ट्रफी जितेको हो । नयाँ सूची अनुसार रोहितल अहिलेसम्म १७८.६ करोड भारु कमाइसकेका छन् ।
आईपीएल इतिहासमा हालसम्म धेरै कमाउने शीर्ष १० खेलाडी
१. रोहित शर्मा– १७८.६ करोड
२. एमएस धोनी- १७६.८४ करोड
३. विराट कोहली- १७३.२ करोड
४. सुरेश रैना- ११० करोड
५. रविन्द्र जडेजा- १०९ करोड
६. सुनील नारायण- १०७.२ करोड
७. एबी डिभिलियर्स- १०२.५ करोड
८. गौतम गंभीर- ९४.६२ करोड
९. शिखर धवन- ९१.८ करोड
१०. दिनेश कार्तिक- ८६.९२ करोड