इंग्ल्याण्डविरुद्ध श्रीलंकाको शानदार जित, दिलशानको अलराउन्ड प्रदर्शन

काठमाडौं- भारतमा जारी रोड सेफ्टी वर्ल्ड सिरिजअन्तर्गत इंग्ल्याण्ड लेजेन्ड्सविरुद्ध श्रीलंका लेजेन्ड्स ६ विकेटले विजयी भएको छ ।

गएराति भएको खेलमा इंग्ल्याण्डले दिएको ७९ रनको लक्ष्य श्रीलंकाले ७.३ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि कप्तान तिलकरत्ने दिलशानले आक्रामक ब्याटिङ गरे । उनले २६ बलमा ११ चौका र एक छक्कासहित ६१ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा मोन्टी प्यान्सरले चार ओभरमा २६ रन दिएर चार विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको इंग्ल्याण्ड लेजेन्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७८ रन बनायो ।

उसका लागि क्रिस ट्रेमलेटले २२ र जिम ट्रान्टनले १८ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

बलिङमा पनि कप्तान तिलकरत्ने दिशालनले उत्कृष्ट प्रदर्शन गरे । उनले ४ ओभरमा एक मेडनसहित ६ रन दिएर चार विकेट लिए । त्यस्तै, रंगाना हेराथले दुई र बाँकी तीन बलरले समान एक वकेट लिए ।

जारी प्रतियोगितामा श्रीलंकाको यो पाँचौ जित हो । उसले ६ म्याच खेल्दा एक खेलमा मात्र हारको सामना गरेको छ । इंग्ल्याण्डले चार म्याच खेल्दा दुईमा जित र दुई खेलमा हार ब्यहोरेको छ ।

अंक तालिका :

Loading...