आईपीएल २०२३ मा यी ३ खेलाडीले पाउन सक्छन् दिल्लीको कप्तानी

काठमाडौं ।

अष्ट्रेलियाका चर्चित ओपनर डेविड वार्नर आईपीएल २०२३ मा फेरि एकपटक कप्तानीमा देखिन सक्छन् । उनलाई दिल्ली क्यापिटल्सको कप्तान बनाउन सकिन्छ । कप्तान ऋषभ पन्तको दुर्घ’टनापछि दिल्ली क्यापिटल्सले नयाँ कप्तानको खोजी गरिरहेको छ ।

पन्तको ३० डिसेम्बरमा कार दुर्घ’टना भएको हो । सो दुर्घटनामा परि उनी गम्भीर भएका थिए । हाल पत्नको उपचार भइरहेको छ । उनलाई निको हुन लामो समय लाग्न सक्छ । जसका कारण ऋषभ आईपीएल २०२३ बाट बाहिरिन सक्छन् । यस्तो अवस्थामा दिल्ली क्यापिटल्सको कप्तानीको दौडमा वार्नर सबैभन्दा अगाडि देखिन्छन् ।

दिल्ली क्यापिटल्सको व्यवस्थापनले वार्नरसँग आगामी दिनमा कप्तानको बारेमा कुरा गर्न सक्छ । त्यस्तै, आगामी सिजनमा सरफराज खानले विकेटकिपरको भूमिका निर्वाह गर्ने खबर पनि आएको छ । टाइम्स अफ इन्डियाले लेखेकाे छ, ’डेविड वार्नरसँग आईपीएलमा कप्तानको धेरै अनुभव छ । व्यवस्थापनले उनीसँग कुरा गर्नेछ । आवश्यक परे सरफराज खानलाई विकेटकिपिङका जिम्मेवारी दिन सकिन्छ ।’

वार्नरपछि दिल्ली क्यापिटल्सको कप्तानीको रेसमा दोस्रो नम्बरमा पृथ्वी शाको नाम छ । पृथ्वीले आईपीएलमा अहिलेसम्म कप्तानी नगरे पनि उनको नेतृत्वमा भारतले २०१८ यू-१९ विश्वकपमा विश्वकप जितेको थियो । यस्तो अवस्थामा दिल्ली क्यापिटल्सको टोलीमा पन्तको अनुपस्थितिमा उनलाई कप्तान बनाउन सकिन्छ ।

यो सूचीको तेस्रो स्थानमा अष्ट्रेलियाका अलराण्डर खेलाडी मिचेल मार्सको नाम आउँछ । जसले १७ वर्षको उमेरमा अष्ट्रेलियाका लागि घरेलु क्रिकेटमा डेब्यु गरेका थिए । सन् २०१० मा मिचेल अस्ट्रेलियाको अन्डर-१९ टोलीको कप्तान पनि चुनिएका थिए । आफ्नो कप्तानीमा उनले अस्ट्रेलियालाई यू-१९ टोलीको उपाधि दिलाएका थिए । मार्शको यो उत्कृष्ट प्रदर्शन दिल्ली क्यापिटल्सले उनलाई पनि कप्तान पनि बनाउन सक्छ ।

Leave A Reply

Your email address will not be published.