फाफ डु प्लेसिसले बताए सबैभन्दा कठिन बलरको नाम

काठमाडौं ।

दक्षिण अफ्रिकाका पूर्वकप्तान फाफ डु प्लेसिसले वर्तमान समयका सबैभन्दा कठिन बलरको नाम बताएका छन् । उनले जोफ्रा आर्चरलाई आधुनिक क्रिकेटको सबैभन्दा कठिन बलर बताएका हुन् । फाफलाई ईएसपीएन क्रिकइन्फोको विशेष स्तम्भ ‘२५ प्रश्न’ मा आजको युगमा सबैभन्दा कठिन बलर को हो भनेर सोधिएको थियो ।

जवाफमा उनले जोफ्रा आर्चरको नाम लिए । आर्चरको डेब्युदेखि अहिलेसम्मको यात्रा उत्कृष्ट रहेको छ । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा फरक छाप छोडेका छन् । आर्चरले अहिलेसम्म कुल ४२ अन्तर्राष्ट्रिय खेल खेलेका छन्, जसमा उनले ८६ विकेट लिएका छन् । यद्यपि उनले चोटका कारण पर्याप्त क्रिकेट खेल्न पाइरहेका छैनन् ।

१८ महिनपछि मैदानमा फर्किदैछन् आर्चर

चोटका कारण आर्चरले टी–२० विश्वकप २०२१ र २०२२ को टी–२० विश्वकप गुमाए । यो बीचमा चोटका कारण उनले अन्य महत्वपूर्ण सिरिज पनि गुमाउन पुगे । तर, अब भने आर्चर मैदानमा देखिँदैछन् । उनी दक्षिण अफ्रिका टी–२० लिगमा एमआई केप टाउनबाट खेल्दै छन् । यद्यपि एशेज सिरिज र एकदिवसीय विश्वकपलाई ध्यानमा राख्दै उनले लिगमा २ म्याच मात्र खेल्ने छन् ।

आर्चरको आइपिएल करियर

जोफ्राले आइपिएलमा राजस्थान रोयल्सबाट २०१८ मा डेब्यू गरेका थिए । उनले आइपिएलमा अहिलेसम्म ३५ खेल खेलेका छन् । जसमा जोफ्राले ७.१३ को इकोनोमीमा ४६ विकेट लिएका छन् । यस क्रममा उनको उत्कृष्ट स्पेल १५ रन दिएर ३ विकेट लिनु हो । जोफ्रा २०२० र २०२१ मा राजस्थानमा थिए ।

२०२२ को आइपिएल लिलामीमा भने उनलाई मुम्बई इन्डियन्सले ८ करोड भारु तिरेर अनुबन्ध गरेको थियो । तर, चोटका कारण उनले अहिलेसम्म मुम्बई इण्डियन्सबाट खेल्न पाएका छैनन् । आइपिएल २०२३ मा भने जोफ्राले मुम्बईबाट आइपिएल खेल्ने सम्भावना छ ।

Leave A Reply

Your email address will not be published.