मुम्बईले पायो मध्यम लक्ष्य, ऋतुले गरे चौका छक्काको वर्षा

काठमाडौं- आईपीएलको १४ औं सिरिजको दोस्रो फेजको पहिलो खेलमा आज चेन्नई सुपर किंग्स (सीएसके) ले मुम्बई इण्डियन्सलाई १ सय ५७ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ रोजको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनायो ।

उसका लागि ऋतुराज गायकवाडले अर्धशतकीय पारी खेले । उनले ५८ बलमा ९ चौका र ४ छक्काको मद्दतमा ८८ रन बनाए । त्यस्तै, ड्वेन ब्रावोले पनि विस्फोटक पारी खेले । उनले आठ बलमा ३ छक्काको मद्दतमा २३ रन बनाए ।

त्यस्तै, रविन्द्र जडेजाले २६ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा ट्रेन्ट बोल्ट, एडम मिल्ने र जसप्रीत बमराहले दुई-दुई विकेट लिए ।

आईपीएलको १४ औँ सिजमा चेन्नई तालिकाको शीर्ष स्थानमा र मुम्बई तालिकाको चौथो स्थानमा रहेको छ ।

Loading...