ओमानसँगको कीर्तिमानी जितपछि यस्तो भन्छन् ज्ञानेन्द्र

काठमाडौं– ओमानलाई ७ विकेटले हराएपछि नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लले प्रतिक्रिया दिएका छन् । उनले बलिङ आक्रमणले गर्दा आज नेपाललाई जित्न सहज भएको बताए ।

‘करण र सन्दीपले चाहिएको समयमा विकेट निकालेर टोलीलाई राम्रो स्थितिमा राखे । शरद एकदम अनुभवी खेलाडी हुन् । उनको टोलीमा पुनरागमन पनि राम्रो भयो,’ म्याच सकिएपछि ज्ञानेन्द्रले भने ।

उनले दोस्रो इनिङ्समा आफूहरूलाइृ ब्याट गर्न सहज भएको पनि बताए । ‘बल एकदम राम्रोसँग ब्याटमा आइरहेको थियो । त्यसैले पनि विपक्षी बलरलाई दबाबमा राख्ने प्रयास गरेको थिएँ । त्यहि रणनीतिले जितसम्म पुग्न सकिन्छ भन्ने विश्वास थियो,’ कप्तान मल्लले भने ।

उनले प्रमुख प्रशिक्षक डेभ ह्वाटमोरलाई सुखत विदाइ गर्न पाएकोमा खुसी व्यक्त पनि गरे । ‘प्रशिक्षक ह्वाटमोरको साथ नहुँदा पक्कै दुःख लाग्छ । मलाई लाग्छ उहाँले छिटो नै टोली छोडेर जानुभयो । म उहाँलाई शुभकामना दिन्छु । हामीले जितको साथ विदाइ गर्न सक्यौं एक हिसाबले खुसी पनि छौं ।’

नेपालले पहिलो पटक एकदिवसीय क्रिकेटमा ओमानलाई हराउन सकेको हो ।

Loading...