विश्वकप लिग-२ मा नेपालको व्यापक सुधार

काठमाडौं– नेपाल क्रिकेट टिम आईसीसी विश्वकप लिग-२ को अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

आज ओमानलाई ७ विकेटले हराउँदै नेपाल तालिकाको चौथो स्थानमा उक्लिएको हो । यसअघि नेपाल छैटौँ स्थानमा थियो ।

तालिकाको शीर्ष स्थानमा ओमान छ । उसले १३ म्याच खेल्दा १० मा जित र तीन खेलमा हार ब्यहोरेको छ ।

त्यस्तै, अमेरिका दोस्रो र स्कटल्याण्ड चौथो स्थानमा छन् । अमेरिकाले १५ म्याचमध्ये ८ मा हार र ७ खेलमा जित हात पारेको छ ।

स्कटल्याण्डले ८ खेलमा चारमा जित र तीन खेलमा हारको सामना गरेको छ । उसले एक खेल वर्षाका कारण रद्द भएपछि अंक बाँडेको थियो । तलिकाको पाँचौ र छैटौंँमा क्रमशः यूएई र पपुवा न्यूगिनी छन् ।

नेपालको जितपछि यस्तो बन्यो अंक तालिका :

Loading...