पूर्वप्रशिक्षकको दाबी : यसपटक भारतलाई हराएर अस्ट्रेलियाले इतिहास रच्नेछ

काठमाडौं ।

पूर्वमुख्य प्रशिक्षक जस्टिन ल्याङ्गरले यसपटक अस्ट्रेलिया क्रिकेट टोलीले भारतमा टेस्ट सिरिज जित्ने दाबी गरेका छन् । अस्ट्रेलियाले २००४ यता भारतमा टेस्ट सिरिज जित्न सकेको छैन । तर, यसपटक भने अस्ट्रेलियाको टोलीले भारतलाई हराउने ल्याङ्गरको दाबी छ ।

अस्ट्रेलियाले सन् २०१४–१५ यता भारतविरुद्धको टेस्ट श्रृंखला पनि जित्न सकेको छैन । तर, योपटक भने अस्ट्रेलियाले सिरिज जितेर नयाँ उपलब्धि हासिल गर्ने ल्याङ्गरको दाबी छ । ‘म चाहन्छु कि अस्ट्रेलियाको टोलीले यसपटक भारत गएर जितोस् । यदि अस्ट्रेलियाले त्यो गर्नसक्छ भने यो ठूलो उपलब्धि हुनेछ । म यो श्रृंखलाको प्रतिक्षामा छु । यो सबैभन्दा कठिन यात्रा हो । मलाई २००४ को भ्रमण याद छ जब अष्ट्रेलियाले ३५ वर्षमा पहिलोपटक सिरिज जितेको थियो । यसपटक पनि त्यस्तै अनुभूति भइरहेको छ,’ द एजसँग कुरा गर्दै ल्याङ्गरले भनेका छन् ।

अस्ट्रेलियाको भारत भ्रमण निकै महत्वपूर्ण छ । अस्ट्रेलियाको टोलीले यो भ्रमणमा चार टेष्ट खेल खेल्नुपर्नेछ । टेस्ट सिरिजको पहिलो खेल ९ देखि १३ फेब्रुअरीसम्म नागपुरमा हुनेछ । दोस्रो खेल १७ देखि २१ फेब्रुअरीसम्म दिल्लीमा, तेस्रो टेष्ट खेल १ देखि ५ मार्चसम्म धर्मशालामा र चौथो तथा अन्तिम टेस्ट खेल ९ देखि १३ मार्चसम्म अहमदाबादमा हुनेछ । दुवै टिमले सिरिजका लागि टोली घोषणा गरिसकेका छन् ।

Leave A Reply

Your email address will not be published.