आरसीबी ९२ रनमै अलआउट, यस्तो रह्यो स्टार खेलाडीकाे प्रदर्शन

काठमाडौं – यूएईमा जारी आईपीएलको ३१ औँ खेलमा आज रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)ले कोलकाता नाइट राइडर्स (केकेआर) लाई रनको ९३ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ रोजेको आरसीबीले ओभरमा सबै विकेट गुमाएर ९२ रन बनायो । उसका लागि देवदत्त पाडिक्कलले २२, केएस भरतले १६, हर्शल पटेलले १२ र ग्लेन म्याक्सवेलले १० रन बनाए ।

बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेतर रन जोड्न सकेनन् । बलिङमा आन्द्रे रसेल र वरुण चक्रवर्तीले उत्कृष्ट बलिङ गरे । रसलले ३ ओभरमा ९ रन दिएर ३ विेट हात पारे ।

चक्रवर्तीले चार ओभरमा १३ रन खर्चिएर तीन विकेट लिए । त्यस्तै, लकी फर्ग्युसनले दुई र प्रसिद्ध कृष्णले एक विकेट हात पारे ।

यो जारी सिजनमा आरसीबी १० अंकका साथ तालिकाको तेस्रो र केकेआर चार अंकका साथ तालिकाको सातौँ स्थानमा रहेको छ ।

Loading...