आरसीबीविरुद्ध केकेआरको कीर्तिमानी जित, यस्तो बन्यो अंक तालिका

काठमाडौं- यूएईमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) विरुद्ध कोलकाता नाइट राइडर्स (केकेआर) ९ विकेटले विजयी भएको छ ।

आईपीएलमा यो केकेआरको कीर्तिमानी जित हो । यसअघि उसले आरसीबीलाई आईपीएलमा ९ विकेटले हराउन सकेको थिएन ।

आज आरसीबीले दिएको ९३ रनको लक्ष्य केकेआरले १० ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि शुभमन गिलले ३२ बलमा ६ चौका र एक छक्कासहित ४८ रन बनाए ।

त्यस्तै, आज डेब्यू गरेका वेंकटेश अय्यरले २७ बलमा सात चौका र एक छक्काको मद्दतमा अविजित ४१ रनको योगदान दिए । बलिङमा युजवेन्द्र चहलले एक विकेट लिए ।

त्यसअघि, टस जितेर ब्याटिङ रोजेको आरसीबीले ओभरमा सबै विकेट गुमाएर ९२ रन बनायो । उसका लागि देवदत्त पाडिक्कलले २२, केएस भरतले १६, हर्शल पटेलले १२ र ग्लेन म्याक्सवेलले १० रन बनाए ।

बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेतर रन जोड्न सकेनन् । बलिङमा आन्द्रे रसेल र वरुण चर्कवर्तीले उत्कृष्ट बलिङ गरे । रसेलले ३ ओभरमा ९ रन दिएर ३ विेट हात पारे ।

चक्रवर्तीले चार ओभरमा १३ रन खर्चिएर तीन विकेट लिए । त्यस्तै, लकी फर्ग्युसनले दुई र प्रसिद्ध कृष्णले एक विकेट हात पारे ।

आजको जितसँगै केकेआर पाँचौ स्थानमा उक्लिएको छ । आरसीबी आज पराजित हुँदा पनि तेस्रो स्थानमा यथावत छ ।

३१ औं खेल सकिँदा यस्तो बन्यो अंकतालिका :

Loading...