अमेरिकाविरुद्ध ओमानको फराकिलो जित, यस्तो बन्यो विश्वकप लिग-२ तालिका

काठमाडौं– आईसीसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकाविरुद्ध ओमान ७२ रनले विजयी भएको छ । यो सिरिजमा ओमानको तेस्रो जित हो । उसले चारमध्ये एक खेलमा मात्र हारको सामना गर्‍यो ।

ओमान तेस्रो खेलमा नेपालसँग ७ विकेटले पराजित भएको थियो । अमेरिकाले भने चारमध्ये एक खेलमा मात्र जित हात पार्‍यो ।

त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा ओमानले दिएको २७५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ३९.५ ओभरमा सबै विकेट गुमाएर २०२ रन मात्र बनाउन सक्यो ।

उसका लागि मोनांक पटेलले सर्वाधिक ५६ रन, गजानन्द सिंहले ४८, एल्मोर हचिन्सनले १८, करिमा गोरे, जसकरण मल्होत्राले १७/१७ र निर्सग पटेलले १६ रन बनाए ।

बलिङमा आयान खानले चार, खावर अलीले तीन, बिलाल खान र कलेमुल्लाहले एक/एक विकेट लिए ।त्यसअघि, टस हारेर ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २७४ रन बनायो ।

उसका लागि कप्तान जिशान मक्सूदले ५३ रन, जतिन्दर सिंहले ४२ रन, आयान खानले ४१ रन, नसिम खुसीले ३५, पृथ्वीकुमार मच्ची, सन्दीप गौडले २५/२५ रन र कलेमुल्लाहले अविजित १६ रन बनाए ।

बलिङमा नोस्थुस किन्जिगेले तीन, स्टेभेन टेलर, निर्सग पटेल र करिमा गोरेले एक/एक विकेट हात पारे ।

त्रिकोणात्मक सिरिजपछि ओमान आईसीसी विश्व कप लिग-२ अंक तालिकाको शीर्ष स्थानमा कायमै छ । उसले १४ खेलमा ११ मा जित र तीन खेलमा हारको सामना गरेको छ । ओमानले २२ अंक जोडेको छ ।

अमेरिका १६ खेलमा सात जित र ९ हारसहित दोस्रो स्थानमा छ । नेपाल ८ खेलमा ४ मा जित र ४ खेलमा हार ब्यहोर्दै तालिकाको चौथो स्थानमा छ ।

सिरिज सकिएपछि विश्वकप लिगको तालिका :

Loading...