ईपीएल खेल्न नेपाल आउँदै यी २४ विदेशी क्रिकेटर

काठमाडौं- यही ९ गतेदेखि एभरेष्ट प्रिमियर लिग (ईपीएल) सुरू हुँदैछ । प्रतियोगिताका लागि देश तथा विदेशका खेलाडी एक ठाउँमा जम्मा हुँदैछन् ।

चौथो सिजनको ईपीएलमा विश्व चर्चित क्रिकेटर शाहिद अफ्रिदी, तमिम इकबाल, उपल थरंगासहित धेरै स्टारलाई देख्न पाइने छ ।

सहभागी फ्रेन्चाइजहरूले प्रतियोगिताको आन्तरिक तयारी गरिसकेका छन् । ईपीएलमा आकर्षणको केन्द्रविन्दुको रूपमा रहेका विदेशी खेलाडीको अनुबन्ध प्रक्रिया समेत लगभग सबै टिमले गरिरहेका छन् ।

आयोजकका अनुसार ईपीएलका ६ वटै फ्रेन्चाइज क्लबले ३ विदेशी खेलाडी अनिवार्य टिममा राख्नुपर्नेछ । ईपीएलमा खेल्न आउने विदेशी खेलाडीको नामले धेरै नै चर्चा पाएको छ

फ्रेन्चाइजहरूले अष्ट्रेलियादेखि इंग्ल्याण्डसम्मका टी-२० का चर्चित खेलाडी ल्याउने प्रयास गरे पनि आईपीएल २०२१ को दोस्रो लेग र आउँदै गरेको आईसीसी टी-२० विश्वकपका कारण सम्भव हुन सकेन ।

यद्यपि, विश्वकप खेल्ने टिममा परेका अफगानिस्तानका तीन खेलाडी भने ईपीएलमा अनुबन्ध भएका छन् । जसमा मोहम्मद साहाजाद र करिम जन्नत चितवन टाइगर्सबाट खेल्ने छन् भने रहमानुलल्ह गुर्बाज काठमाडौं किंग्स-११ मा अनुबन्ध भएका छन् ।

यसैगरी यस पटक मलेसिया, सिंगापुर र भुटानका खेलाडीसमेत ईपीएल खेल्न आउँदैछन् । अहिलेसम्म ६ टिमले गरी कूल २४ विदेशी खेलाडी अनुबन्ध गरेका छन् ।

अहिलेसम्म घोषणा भएका विदेशी खेलाडी

ललितपुर प्याट्रिओट्स

ओशादा पर्नान्डो : श्रीलंका

अजमतुल्लाह ओमारजाई : अफगानिस्तान

सन्दुन विराकोडी : श्रीलंका

मिक्यो दोर्जी : भुटान

भैरहवा ग्लाडिएटर्स

उपुल थरंगा : श्रीलंका

धम्मिका प्रसाद : श्रीलंका

तमिम इक्वाल : बंगलादेश

सर्विन मुनिएन्डी : मलेसिया

पोखरा राइनोज

रिचर्ड लेभी : दक्षिण अफ्रिका

केसरिक विलियम्स : वेष्ट इन्डिज

असेला गुनारत्ने : श्रीलंका

साहान अराससिगे : श्रीलंका

काठमाडौं किंग्स-११

शाहिद अफ्रिदी : पाकिस्तान

जनक प्रकाश : सिंगापुर

रहमानुल्लाह गुर्बाज : अफगानिस्तान

चितवन टाइगर्स

मोहम्मद साहाजाद : अफगानिस्तान

करिम जन्नत : अफगानिस्तान

डानिस अजिज : पाकिस्तान

सेकुगे प्रसन्न : श्रीलंका

भिरनदिप सिंह : मलेसिया

विराटनगर वारियर्स

सिकन्दर राजा : जिम्बाव्वे

रेयानखान पठान : क्यानडा

चन्द्रपउल हेमराज : वेष्ट इन्डिज

दिल्सान मुनाविरा : श्रीलंका

कुन देशका कति खेलाडी ?

श्रीलंका : ८

अफगानिस्तान : ४

वेष्ट इन्डिज : २

पाकिस्तान : २

मलेसिया : २

दक्षिण अफ्रिका : १

बंगलादेश : १

जिम्बाव्वे : १

सिंगापुर : १

क्यानडा : १

भुटान : १

Loading...