यी तीन चर्चित खेलाडी : जसका लागि IPL २०२१ अन्तिम सिजन हुनसक्छ

काठमाडौं- आईपीएलको १४ औँ सिजनको दोस्रो फेज हिजोेदेखि सुरु भइसकेको छ । दोस्रो फेजको पहिलो खेलमा चेन्नई र मुम्बईबीच प्रतिस्पर्धा भएको थियो । जसमा चेन्नईले मुम्बईलाई २० रनले हराएको थियो ।

आईपीएलको १४ औँ सिजनको दोस्रो फेज कोरोना भाइरसका कारण यूएईमा भइरहेको छ । आईपीएलको १३ औँ सिजन पनि यूएईमा सम्पन्न भएको थियो ।

आईपीएलको १४ औँ सिजनको दोस्रो फेजमा कयौँ युवा खेलाडीले सहभागिता जनाएका छन् । यी युवा खेलाडी उत्कृष्ट प्रदर्शन गरेर आफ्नो टिमलाई जित दिलाउने प्रयासमा हुनेछन् ।

त्यस्तै, कयौँ यस्तो खेलाडी पनि छन् । जो कयौँ वर्षदेखि आईपीएलमा निरन्तर भाग लिँदै आइरहेका छन् । यी खेलाडी लगातार आईपीएल खेलिरहेका छन् र प्रदर्शन पनि ठीकठाक गरिरहेका छन् ।

त्यस्तै, कयौँ यस्ता खेलाडी पनि छन् जसका लागि यो आईपीएल सिजन अन्तिम सिजन पनि हुनसक्छ । सो सिजनपछि यी खेलाडीलाई हामीले सायद आईपीएलमा देख्ने छैनौँ ।
आजहामी यो सूचीमा यी तीन खेलाडीको बारेमा चर्चा गर्दैछौँ । जसका लागि सो आईपीएल सिजन अन्तिन सिजन पनि हुनसक्छ

१. क्रिस गेल

सूचीको शीर्ष स्थानमा वेष्ट इण्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेलको नाम आउँछ । उनी टी-२० क्रिकेटमा महान् ब्याट्सम्यान हुन् ।

गेलले कोलकाता नाइट राइडर्सबाट आफ्नो आईपीएल करियरको सुरुवात गरेका थिए । उनी आईपीएलमा सबैभन्दा बढी छक्का प्रहार गर्ने ब्याट्सम्यान पनि हुन् ।

गेल यो सिजनको आईपीएल किंग्स इलावेन पञ्जाबबाट खेल्दै छन् । उनी २०१८ मा दुई करोडको मूल्यमा आरसीबीबाट पञ्जाबमा जोडिएका थिए ।

गेल अहिले ४२ वर्षका भइसकेका छन् । बढ्दो उमेर खस्कदो प्रदर्शनका कारण उनको यो आईपीएल सिजन अन्तिम सिजन पनि हुन सक्छ ।

२. इमरान ताहिर

सूचीको दोस्रो स्थानमा दक्षिण फ्रिकाका चर्चित बलर इमरान ताहिरको नाम आउँछ । उनी २०१८ को आईपीएल अक्सनमा एक करोडको मूल्यमा चेन्नई सुपर किंग्स (सीएसके) मा जोडिएका थिए ।

तहिरले हालसम्म आईपीएलमा चेन्नईका लागि उत्कष्ट प्रदर्शन गरेका छन् । तरपनि चेन्नईसँग स्पिनर बलर धेरै भएकाले ताहिरले अब टिममा मौका पाउनले सम्भावना कमैछ ।

ताहिर अहिले ४२ वर्षका भइसकेका छन् । बढ्दो उमेरका कारण उनको यो आईपीएल सिजन अन्तिम सिजन पनि हुनसक्छ ।

३. रिद्धिमान शाहा

यो सूचीको तेस्रो स्थानमा विकेटकीपर/ब्याट्सम्यान रिद्धिमान शाहाको नाम आउँछ । उनी आईपीएलको फाइनल खेलमा शतक बनाउने पहिलो खेलाडी हुन् ।

शहाले आईपीएल २०१४ को फाइनल खेलमा किंग्स इलावेन पञ्जाबबाट खेल्दै केकेआरविरुद्ध ५५ बलमा अविति १ सय १५ रन बनाएका थिए । अहिले शाहा ३४ वर्षका भएका छन् ।

रिद्धिमानले आईपीएलमा फरक/फरक टिमबाट १ सय २६ म्याच खेलेका छन् । जसमा उनले हालसम्म १ हजार ९ सय ८७ रन बनाएका छन् । त्यस्तै, उनले ६५ क्याच र २० स्टम्पिङ गरेका छन् ।

आईपीएल २०१९ को अक्सनमा शाहा १.२ करोडमा सनराईजर्स हैदराबादमा जोडिएका थिए । पछिल्लो केहि समयदेखि उनी आईपीएलमा खास्सै राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन् । खराब प्रदर्शनका कारणले उनको सो आईपीएल सिजन अन्तिम सिजन पनि हुनसक्छ ।

Loading...