जित्नै लागेको म्याचमा पञ्जाब पराजित, राजस्थानको जितमा त्यागी बने ‘हिरो’

काठमाडौं– यूएईमा जारी १४ औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध राजस्थान रोयल्स २ रनले विजयी भएको छ ।

जारी सिजनमा राजस्थानको यो चौथो जित हो । उसले ८ म्याचमध्ये चारमा जित र चार खेलमा हारको सामना गरेको छ ।

आजको यो जितसँगै राजस्थान अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । पञ्जाब भने लगभग अन्तिम चार पुग्नबाट बाहिरिएको छ । उसले ९ म्याच खेल्दा ३ खेलमा मात्र जित हात पारेको छ ।

राजस्थानले दिएको १ सय ८६ रनको लक्ष्य पञ्जाबले निर्धारित ओभरमा ४ विकेट गुमाएर १८४ रन बनायो ।

उसका लागि मयंक अग्रवालले अर्धशतकीय पारी खेले । उनले ४३ बलमा सात चौका र दुई छककासहित ६७ रन बनाए ।

त्यस्तै, केएल राहुलले ४९, निकोशल पूरनले ३२ र एडम माक्र्मले अविजित २६ रनको योगदान दिए । बलिङमा कार्तिक त्यागीले उत्कृष्ट प्रदर्शन गरे ।

अन्तिम ओभरमा पञ्जाबलाई जितका लागि ४ रनको आवश्यकता थियो । तर, उसले यो ओभरमा एक रन बनाउँदा २ विकेट गुमायो ।

अन्तिम ओभरमा २० वर्षीय त्यागीले बलिङ गरेका थिए । उनले यो ओभरमा दुई विकेटका साथै तीन बल डट फाले ।

त्यस्तै, राहुल तेवटिया र चेतन सकारियाले एक/एक विकेट हात पारे । त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको रोयल्सले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १८५ रन बनायो ।

उसका लागि महिपाल लोमरोरले विस्फोटक पारी खेले । उनले १६ बलमा दुई चौका र चार छक्काको मद्दतमा ४३ रन बनाए ।

त्यस्तै, यशस्वी जैसवाले ४९, इभन लुइसले ३६ र लियाम लिभिङ्स्टोनले २५ रन बनाए । बलिङमा अर्शदीप सिंह एक्लैले ४ विकेट लिए ।

उनले चार ओभरमा ३२ रन दिएर ५ विकेट लिएका हुन् । त्यस्तै, मोहम्मद शामीले तीन, इशान पोरेल र हरप्रीत बरारले एक/एक विकेट हात पारे ।

केएल राहुलले बनाए कीर्तिमान

पञ्जाब किंग्सका कप्तान केए लारहुलले आईपीएलमा कीर्तिमान बनाएका छन् । उनले भारतको तर्फबाट आईपीएलमा सर्वाधिक छिटो ३ हजार रन पूरा गर्ने ब्याट्सम्यानको कीर्तिमान बनाएका हुन् ।

राहुलले २८ पारीमा आईपीएलमा यो उपलब्धि हासिल गरेका हुन् । राजस्थानविरुद्ध आज ४९ रन बनाएसँगै आईपीएलमा ३ हजार रन पूरा गरे ।

समग्रमा आईपीएलमा सर्वाधिक छिटो ३ हजार रन पूरा गर्ने कीर्तिमान भने क्रिस गेलको नाममा छ । उनले ७५ पारीमा ३ हजार रन बनाएका थिए ।

Loading...