दाम्पत्य जीवनमा बाँधिए बुमराह

काठमाडौं- भारतीय क्रिकेट टिमका तीव्र गतिका बलर जसप्रीत बुमराहले आज बिहे गरेका छन् । उनले मोडल तथा स्पोर्ट्स एंकर सञ्जना गणेशनसँग बिहे गरेका हुन् ।

बिहेकै कारण व्यक्तिगत कारण भन्दै उनले इंग्ल्याण्डसँगको चौथो टेष्ट पनि खेलेका थिएनन् ।

बुमराहले बिहे गरेकी सञ्जनाले क्रिकेट, ब्याटमिन्टन, फुटबललगायत खेलकुदका प्रतियोगितामा होस्ट गरिसकेकी छन् । उनी उमेरले २८ वर्षकी भएकी छन् ।

सञ्जनाले कोेलकाता नाइट राइडर्स (केकेआर) को एक नाइट शोलाई होस्ट गरिसकेकी छन् । साथै, उनले आईपीएल अक्सनसमेत होस्ट गरेकी छन् । ५ फिट ५ इन्च अग्ली रहेकी सञ्जनाको मनपर्ने क्रिकेटर भने महेन्द्रसिंह धोनी हुन् ।

उनले पुणेको एक विश्वविद्यालयबाट इन्जिनियरिङमा डिग्री हासिल गरेकी छन् । साथै, सञ्जना सन् २०१४ को मीस इण्डियाको फाइनलमा समेत प्रवेश गरेकी थिइन् ।

Loading...