चेन्नई र बैंग्लोरको म्याच आज, देख्न पाइने छ चौका/छक्काको वर्षा

काठमाडौं– यूएईमा जारी १४ औँ सिजनको आईपीएलअन्तर्गत ३५ औँ खेलमा चेन्नई सुपर किंग्स (सीएसके) र रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) खेल्दै छन् ।

यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति ७:४५ बजेदेखि सुरू हुनेछ । आजको खेलमा चौका/छक्काको वर्षा देख्न पाइने सम्भावना छ ।

चेन्नई र बैंंग्लोरबीचको खेल शारजाहको मैदानमा हुँदैछ । यो मैदानको पीच ब्याटिङ अनुकूल छ ।

जारी सिजनमा चेन्नईले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । उसले ८ म्याच खेल्दा ६ मा जित र दुई खेलमा मात्र हारको सामना गरेको छ ।

आरसीबीले पनि ८ म्याच खेलिसकेको छ । जसमा उसले ६ खेलमा जित हात पार्दा तीन म्याचमा हार ब्यहोरेको छ ।

पछिल्लो पाँच खेलमा चेन्नईले बैंग्लोरलाई तीन खेलमा हराएको छ । यो पटक यी दुई टिमलाई पनि उपाधि दाबेदारका रूपमा हेरिएको छ ।

चेन्नईको सम्भावित प्लेइङ–११ : ऋतुराज गायकवाड, मोइन अली, सुरेश रैना, अम्बाती रायडू, महेन्द्रसिंह धोनी (कप्तान/विकेटकीपर), रवीन्द्र जडेजा, साम करन, ड्वेन ब्राभो, शार्दुल ठाकुर, दीपक चाहर र जोश हेजलवुड ।

बैंग्लोरको सम्भावित प्लेइङ–११ : विराट कोहली (कप्तान), देवदत्त पाडिक्कल, केएस भरत (विकेटकीपर), ग्लेन म्याक्सवेल, एबी डिभिलियर्स, सचिन बेबी, कायल जेमीसन, वानिन्दु हसरंगा, हर्षल पटेल, मोहम्मद सिराज र युजवेन्द्र चहल ।

Loading...