राजस्थानविरुद्ध दिल्लीको शानदार जित, रोमाञ्चक बन्यो अंक तालिका

काठमाडौं- यूएईमा जारी आईपीएल २०२१ अन्तगर्त आज दिल्ली क्यापिटल्स राजस्थान रोयल्सविरुद्ध ३३ रनले विजयी भएको छ ।

दिल्लीले दिएको १ सय ५५ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय २१ रन मात्र बनाउन सक्यो ।

उसका लागि कप्तान सञ्जु सामसनले उत्कृष्ट पारी खेले । उनले ५३ बलमा आठ चौका र एक छक्काको मद्दतमा नटआउट ७० रन बनाए ।

त्यस्तै, महिपाल लोमरले १९ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङ एनरिक नोर्टजेले दुई, कगिसो रबाडा, अक्षर पटेल, आवेश खान र अविचन्द्रन आश्विनले एक/एक विकेट हात पारे ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको दिल्लीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनायो ।

उसका लागि श्रेयस अय्यरले ४३, शिमरोन हेटमायरले २८, कप्तान ऋषभ पन्तले २४, अक्षर पटेलले १२, पृथ्वी शाले १० र ललित यालवले अविजित १४ रन बनाए ।

बलिङमा मुश्ताफिजुर रहमान, चेतन सकरियाले दुई/दुई, कार्तिक त्यागी र राहुल तेवटियाले एक/एक विकेट हात पारे ।

आईपीएलको १४ औँ सिजनमा ३५ खेल सकिँदासम्म दिल्ली क्यापिटल्स १४ अंकका साथ तालिकाको दोस्रो र राजस्थान रोयल्स आठ अंकका साथ

आजको जितसँगै दिल्ली क्यापिटल्सले १६ अंकका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । त्यस्तै, राजस्थान रोयल्स आठ अंकका साथ तालिकाको पाँचौ स्थानमा कायमै रहेको छ ।

३६ औँ खेल सकिँदा यस्तो बन्यो अंक तालिका :

Loading...