डेब्यू कप्तानीमा सन्दीपको टिमसँग पराजित भएपछि के भन्छन् कुशल?

काठमाडौं– कुशल भुर्तेलका लागि चौथो सिजनको ईपीएलको पहिलो म्याच सम्झनलायक रहेन । उनी पहिलो खेलमा शून्यमै आउट भए ।

उनी खाता नखोल्दै आउट भएको खेलमा ललितपुर प्याट्रियट्स ७ विकेटले पराजित भयो । कुशल जारी सिजनमा ललितपुरको कप्तान पनि हुन् ।

File Photo

डेब्यू कप्तानीमा टिम पारजित भएपछि उनले प्रतिक्रिया दिएका छन् । कुशलले पर्याप्त रन नबाउन नसक्नाले पराजित हुन पुगेको बताए ।

‘तीन विकेटका कारण हामी २० रनले पछि परेका छौं भन्ने मेरो अनुमान छ । त्यो नगएको भए हामी खेललाई १८० को वरिपरि पुर्याउन सक्ने थियौँ,’ खेलपछि उनले भने, ‘त्यसले टिममा अलिअलि प्रेसर पर्‍यो ।’

यो वर्ष पनि उपाधि जित्ने लक्ष्य रहेको कुशल बताउँछन् । तर, त्यसका लागि बलिङमा केही समस्या देखिएको हो भन्ने प्रश्नमा उनी भन्छन्, ‘बलिङमा राम्रो सुरुआत गरेको हो । टिममा ओभरअल बलिङ पनि राम्रो नै छ। तर पनि काठमाडौंका दुई विदेशी खेलाडी रहमानुल्लाह र रायनले धेरै राम्रो खेले ।’

उनले आजको खेलमा हार बेहोरे पनि प्रतियोगितमा दबाब नरहेको पनि बताए ।

त्यस्तै, सन्दीप लामिछानेले आज मैदानमा पानी परेर स्पिनरका लागि गाह्रो भएको प्रतिक्रिया दिए । ‘पानी परेपछि विकेट चाहिँ स्टिक भइरहेको थियो। अनि ब्याटिङमा राम्रो आइरहेको थियो। आज हरेक स्पिनरका लागि गाह्रो नै थियो,’ उनले भने ।

आफूले जित निकालेकोले खुसी रहेको उनले बताए । क्रिकेट टिम गेम भएकाले एक जनाले मात्र विकेट लियो वा लिएन भन्नु भूल हुने सन्दीपको तर्क छ ।

‘यो टिम गेम हो । मरो लागि यो टिमको जित हो । एक विकेट लिएर पनि वा एक विकेट नलिईकन पनि टिमले जित्छ भने फिल्डिङमा वा कतै न कतै मैले पनि सहयोग गरिरहेकै हुन्छु,’ सन्दीपले भने ।

उनले कीर्तिपुरको मैदानमा ललितपुरलाई १५७ मै समेट्न सक्नु नै जितसम्मको पहिलो यात्रा रहेको बताए ।

‘तर हामीले थोरै रनको प्याक गर्न सक्यौँ । हामीले यो पिचमा धेरै समयबाट खेलिरहेको हुनाले लक्ष्य पछ्याउनलाई १५८ धेरै थिएन। पछि हाम्रा ब्याट्सम्यानले खुलेर खेले,’ उनले भने ।

Loading...