विश्वकपका लागि न्यूजिलाण्डको बलियो टोली घोषणा, यी खेलाडीले पाए मौका

काठमाडौं ।

न्यूजिल्याण्डले अर्को महिना दक्षिण अफ्रिकामा हुने महिला टी-२० विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ । उसले सोफी डेभिनको कप्तानीमा १५ सदस्सीय टोली घोषणा गरेको हो । घोषणा गरिएको टोलीमा विकेटकीपर ब्याटर बर्नाडिन बेजुइडेनहाउटले तीन वर्षपछि पुनरागमन गरेकि छन् ।

उनले अन्तिम पटक २०२० आफ्नो टोलीका लागि खेलेकि थिइन् । बर्नाडिन एउटा गम्भीर स्वास्थ्य समस्याबाट निको भइसकेपछि टोलीमा फर्किएकी हुन् र उनीसँग अहिले राम्रो घरेलु फर्म छ । बर्नाडिनले टोलीमा जेसिका म्याकफ्याडेनको स्थान लिनेछिन् ।

जुन डिसेम्बर २०२२ मा बंगलादेशविरुद्ध घरेलु शृंखला खेल्ने न्यूजिल्याण्डको टोलीमा खेल खेलाडी मात्र परिवर्तन छ । बर्नाडिन टोलीमा फर्किएपछि मुख्य टिमका प्रमुख पशिक्षक बेन सोयरले भने, ‘ब्याट र स्टम्पको पछाडि बर्नीले हामीले स्थापित गरेको खेलको शैलीमा सकारात्मक योगदान दिनेछिन् । उनले यो विश्वकपमा ब्याट र पन्जा दुवैले के गर्न सक्छिन् भनेर पहिले नै देखाइसकेकी छन् ।’

बेन थप्छन, ‘हामीलाई लाग्छ कि उनको अघिल्लो अन्तर्राष्ट्रिय अनुभवले उनलाई यो विश्वकपमा राम्रो स्थानमा राख्छ । उनी क्रिकेटमा फर्किनका लागि यो सिजन निकै उत्साहित छन् र हामी उनलाई ह्वाइट फर्न्स वातावरणमा स्वागत गर्न उत्सुक छौं ।’

सोफी डिभिन टोलीको नेतृत्व गर्न फिट छिन् । जारी यू-१९ विश्वकपबाट बाहिरिएकी फ्रान जोन्स सिनियर महिला विश्वकपका लागि फिट हुने अपेक्षा गरिएको छ । न्यूजिल्याण्डले आफ्नो विश्वकप अभियान अघि इंग्ल्याण्डसँग तीन अभ्यास खेल खेल्नेछ भने आधिकारिक अभ्यास खेल वेष्ट इण्डिज र इंग्ल्याण्डसँग फेब्रुअरी ६ र ८ मा खेल्नेछ । न्यूजिल्याण्डको समूहमा दक्षिण अफ्रिका, बंगलादेश र श्रीलंका रहेका छन् ।

टी-२० विश्वकपका लागि घोषणा गरिएको न्यूजिल्याण्डको टोली : सोफी डेभिन (कप्तान) सुजी बेट्स, बर्नाडाइन बेजुइडेनहाउट (विकेटकीपर), इडेन कार्सन, लरेन डाउन, म्याडी ग्रीन, ब्रुक हलिडे, हेली जेन्सेन, फ्रान जोन्स, अमेलिया केर, जेस केर, मोली पेनफोल्ड, जर्जिया प्लिमर, हन्ना रोवे, ली ताहुहु ।

Leave A Reply

Your email address will not be published.